2 years ago
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडका कप्तान अनन्त तामाङ सहिद स्मारक ए डिभिजन लिग २०७९ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
अनन्तले लिगको सर्वोत्कृष्ट खेलाडी बनेसँगै ३ लाख रुपैयाँ प्राप्त गरे । अनन्तले लिगको २२ खेल खेल्दै ४ गोल गरेका थिए । टोलीले लिग अवधिभर ११ खेलमा क्लिन सिट राख्दा उनको भूमिका महत्त्वपूर्ण थियो ।
अवार्डतर्फ क्यामरुनका गोलरक्षक एभ्स प्रिसो उत्कृष्ट गोलरक्षक बनेका छन् । त्यस्तै थ्री स्टार क्लबका युवा मिडफिल्डर लाकेन लिम्बुले मणि शाह उदीयमान खेलाडी अवार्ड प्राप्त गरे । स्वर्गीय राष्ट्रिय खेलाडी मणि शाहको सम्मानमा लिगको उत्कृष्ट युवा खेलाडीलाई यो अवार्ड प्रदान गरिंदै आएको छ ।
प्रिसोले लिगमा सर्वाधिक क्लिन सिटको उपलब्धि समेत हासिल गरेका थिए । उनले २४ खेलमा ११ क्लिन सिट राख्दा १३ गोल खाएका थिए । उनले चर्च ब्वाइजको उपाधि यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । प्रिसोले २ लाख रुपैयाँ पाए ।
यता लाकेनले लिगको सबै २६ खेलमा सुरुवात गरेका थिए । उनले ३ गोल र ४ असिस्ट प्रदान गरेका थिए । उनले १ लाख ५० हजार रुपैयाँ पाए ।
नेपाल पुलिस क्लबले फेयर प्ले अवार्ड जित्यो । पुलिसले पनि २ लाख प्राप्त गर्यो ।
त्यस्तै ओलावाले आफिजले २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले २ लाख रुपैयाँ प्राप्त गरे ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]