default_image

2 years ago

June 10, 2023

खेल जीवनबाट विक्रमको सन्यास

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थ्रीस्टार क्लबका कप्तान विक्रम लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले थ्री स्टारबाट झण्डै डेढ देशक व्यवसायिक फुटबल खेलेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा जावलाखेल युथ क्लबविरुद्ध खेलेपछि उनले पूरा समय खेलेको थियो । दबाबमा रहेको थ्री स्टार उनकै पेनाल्टी गोलबाट १–० ले विजयी भएपछि टोली ए डिभिजन लिगको हैसियत जोगिएको थियो ।

सहिद स्मारक ए डिभिजन लिगको पुरस्कार वितरण समारोहमा उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोट लगाइदिएका थिए । त्यसलगत्तै उनलाई टोलीले गार्ड अफ अनर गरेका थिए । त्यसअघि विक्रमले समर्थकलाई अभिवादन गर्दै विदाई लिएका थिए ।

व्यवसायिक खेल जीवनबाट सन्यास लिएका नेपाल पुलिस क्लबका जुमानु राई र भोला सिलवाललाई पनि थ्री स्टारका खेलाडीले गार्ड अफ अर्नर दिएका थिए । शुक्रबार अन्तिम खेल खेलेका त्रिभुवन आर्मी फुटबल क्लबका दीपक गुरुङलाई आर्मी टोलीले गार्ड अफ अनर दिएको थियो ।

जावलाखेलमा एक सिजन बिताएर २०६६ सालमा थ्री स्टार गएका विक्रम टोलीले २०७९ लिग उपाधि र २०७२ मा राष्ट्रिय लिग जित्दा त्यसको सदस्य थिए । उनले राष्ट्रिय टोलीबाट बंगबन्धु गोल्ड कप र एएफसी सोलिडारिटी कप जितेका थिए । त्यस्तै दक्षिण एसियाली खेलकुद (साग) को १२ औं र १३ औं संस्करणमा नेपालले स्वर्ण पदक जित्दा विक्रम टोलीको महत्वपूर्ण सदस्य थिए ।
सन् २०१३ फेब्रुअरी ६ मा पाकिस्तानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । उनले राष्ट्रिय टोलीबाट ३० क्याप जितेका थिए ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.