2 years ago
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसनबाट जोगिन जित निकाल्नै पर्ने खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै थ्री स्टार सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिएको छ । कप्तान विक्रम लामाले करिअरको अन्तिम खेलमा विजयी पेनाल्टी गोल गर्दा थ्री स्टार रेलिगेसनबाट जोगियो । यस नतिजाले नेपाल एपिएफ फुटबल क्लब भने ए डिभिजन लिगमा आएको १८ वर्षपछि घटुवा भएको छ ।
लिग राउन्डको अन्तिम खेलमा जावलाखेलमाथि १–० को जित निकाल्दै थ्री स्टार रेलिगेसनबाट जोगिएर शीर्ष डिभिजनमा यथावत रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा शनिबार भएको खेलको सुरुवातदेखि नै बलमाथि पोसेसन राख्दै जावलाखेललाई दवावमा राखेको थ्री स्टारले गोलको लागि दोस्रो हाफको अन्त्यतिर पेनाल्टीको साहरा लिनुपरेको थियो ।
खेलको १८औं मिनेटमा सिफामान्डलाको झन्डै ३५ यार्ड टाढाको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चक्यो ।
३५औं मिनेटमा अजायी मार्टिन्सको पेनाल्टी बक्सभित्रको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिष देउलाले पञ्च गर्दै बचाए । ३८औं मिनेटमा सिफामान्डलाको फ्रिकिक सदुपयोग हुन सकेन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा विराज महर्जनको कर्नरमा सिफामान्डलाको ट्यापिङ प्रयासले पोस्टको दिशा लिन सकेन । ५०औं मिनेटमा अशोक खवासको फ्रिकिकमा योगेश गुरुङको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।
७१औं मिनेटमा दिपेश गुरुङको क्रसमा सुनिल तामाङको हेडर पोस्ट नजिकैबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । ८३औं मिनेटमा विक्रम तामाङले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाए । पेनाल्टी बक्समा प्रमिन श्रेष्ठले कप्तान विक्रम लामालाई फउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पेनालटी प्रदान गर्दा विक्रम चुकेनन् । इन्ज्युरी समयमा गोलरक्षक बिट भएको अवस्थामा पिटर सेगुनले गोललाइनबाट क्लियर गर्दै थ्री स्टारको जित पक्का गरे ।
यस जितसँगै थ्री स्टारले २६ खेलबाट ३२ अंक जोडेर नवौं स्थानमा लिगको अन्त्य गरेको छ । पराजित भएको जावलाखेल २६ खेलबाट ३७ अंक जोडेर चौथो स्थानमा लिगको अन्त्य गरेको छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]