default_image

2 years ago

June 10, 2023

प्रशिक्षक महर्जनलाई मध्यपुर युथको सम्मान

427 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ए डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान गरेको छ । एसोसिएसनले शनिबार आयोजना गरेको ग्रासरुट फुटबल अभियान उद्घाटनका अवसरमा महर्जनलाई सम्मान गरेको हो ।

मध्यपुर थिमीस्थित एसोसिएनको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबीच मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले महर्जन सम्मान पत्र हस्तान्तरण गरेका थिए । शनिबार सम्पन्न हुने लिगमा चर्च ब्वाइजले आफ्नो अन्तिम खेल अघि नै लिग उपाधि जितेको थियो ।

चर्च ब्वाइजले ए डिभिजन खेलेका पहिलो सिजनमै उपाधि जितेको हो । महर्जनको प्रशिक्षकका रुपमा पहिलो ए डिभिजन लिगको उपाधि हो । महर्जन समकालिन प्रशिक्षकमा सबै भन्दा सफल प्रशिक्षक हुन् । उनले यू १९ टोलीलाई साफ च्याम्पियनसिप, राष्ट्रिय टोलीलाई बंगबन्धु गोल्डकप र थ्री नेसन्स कप, यू २३ लाई १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक र काठमाडौं रेजर्सलाई नेपाल सुपर लिगको उपाधि दिलाएका थिए ।

मध्यपुर युथ एसोसिएसनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले अभियान अन्तर्गत सुरुवातमा साप्ताहिक रुपमा आधारभुत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको ब्यवस्था मिलाइने जानकारी दिए ।

साप्ताहिक रुपमा हरेक शनिबार डेढ घण्टाका दरले फुटबल सिकाइने र अहिले ६ देखि १३ वर्षसम्मका १सय १० जना बालबालिका रहेको एसोसिएसनले जनाएको छ । उनीहरुलाई उपेन्द्रमान सिंह, लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जन, राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठ, राष्ट्रिय टोलीका पूर्व रक्षक तथा प्रशिक्षक राजेश मानन्धरसहित थप १२ जना प्रशिक्षकले प्रशिक्षण दिने बताइएको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.