default_image

2 years ago

June 10, 2023

मनाङमाथि मछिन्द्रको पूनरागमन जित

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियाली फरवार्ड ओलावाले ओलाडिपो आफिज चम्कँदा मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबमाथि सहज पूनरागमन जित निकालेको छ ।

एक गोलले पछि परेको स्थिति उल्ट्याएर मछिन्द्रले मनाङमाथि ३–१ को पूनरागमन जितसहित लिगको सुखद् अन्त्य गरेको हो ।त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रको पूनरागमन जितमा ओलावाले ओलाडिपो आफिजले दुई तथा विमल घर्ती मगरले एक गोल गरे । मनाङका विजय श्रेष्ठको गोल सान्त्वना बन्यो ।

खेलको १६औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । रन्दिप पौडेलेको क्रस पासलाई विजयले नियन्त्रणमा लिदै गरेको प्रहारले जाली चुम्दा मछिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले डाइभ दिदै बचाउने प्रयास गरेपनि सफल भएन ।

पहिलो हाफमा १–० ले पछि परेको मछिन्द्रले दोस्रो हाफमा विमल घर्तीमगर र आन्द्रेस नियालाई मैदानमा छिराएपछि खेलमा लय समातेको थियो । मछिन्द्रको लगातारको आक्रमणलाई मनाङका गोलरक्षक जियारथ शेखले बचाइरहेपनि ७९औं मिनेटमा भने ओलावालेलाई रोक्न सकेन ।

७९औं मिनेटमा ओलावाले ओलाडिपो आफिजले गोल गर्दै मछिन्द्रलाई खेलमा फर्काए । विमलले दिएको त्रस पासलाई उनले पोस्ट नजिकैबाटै वान टचमा सहज गोल गरे ।

८६औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै मछिन्द्रलाई खेलमा २–१ को अग्रता दिलाए । छिरिङ गुरुङको क्रसमा उनले वान टचमा सहज फिनिस गरे ।

इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा ओलावालेले व्यक्तिगत र टोलीका लागि तेस्रो गोल गर्दै मछिन्द्रलाई ३–१ को सहज पूनरागमन जित दिलाए । लिगको सर्वाधिक गोलकर्ता रहेका ओलावालेले आफ्नो गोलसंख्या २३ पु¥याएको छ ।

यस जितसँगै मछिन्द्रको २६ खेलबाट ४५ अंक पुगेको छ । साविक विजेता तथा यसअघिको दुवै संस्करणको च्याम्पियन मछिन्द्र यो सिजन भने दोस्रो भएर लिगको अन्त्य गरेको छ । ८ पल्टको च्याम्पियन मनाङले यो सिजन २६ खेलबाट ३२ अंक जोडेर आठौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.