2 years ago
June 10, 2023
सुबास हुमागाईं, काठमाडौं
सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम चरण चलिरहँदा दशरथ रंगशालामा एक समर्थकलाई रंगभेदी टिप्पणी गरेपछि सुरक्षाकर्मीले चेतवानी दिएका छन् । मच्छिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेलको दोस्रो हाफमा मनाङका एक समर्थकले मच्छिन्द्रका विदेशी खेलाडीलाई रंगभेदी टिप्पणी गरेपछि खेल केहीबेर रोकिएको थियो ।
दोस्रो हाफको ७८ औं मिनेटमा नाइजेरियन डिफेन्डर ओमोलाजा करीमविरुद्ध भीआइपी प्याराफिटको पहिलो पंक्तिमा बसेका मनाङका समर्थकले उक्त टिप्पणी गरेका थिए । करीमले मुख्य रेफ्री उमेश बिडारी र सहायक रेफ्री माधव खत्रीसमक्ष असन्तुष्टि जनाएका थिए । सोहि समयमा मनाङका प्रशिक्षक विष्णु गुरुङले उक्त समर्थकलाई त्यसो नगर्न भनेका थिए ।
समर्थकले लगातार उक्त शब्द प्रयोग गरेपछि करीमले मैदान छाड्ने प्रयास गरे । मछिन्द्रका केही खेलाडीले उनलाई सम्झाउन खोजे र मच्छिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठले पनि उनलाई मैदान नछोड्न आग्रह गरे । तर निकै आक्रोशित देखिएका करीमले मैदान छाड्दा मनाङका विदेशी खेलाडी डियान्डु डियाग्नेले उनलाई मैदानबाहिर सँगै गएर स्थिति बुझ्न खोजे । मच्छिन्द्रका बेन्चका प्रशिक्षक र अफिसियलले पुन: आग्रह गरेपछि करीम मैदानभित्र पसे ।
यता मनाङका समर्थक भीआइपी प्याराफिटकै माथिल्लो पंक्तिमा पुगे । त्यसपछि एन्फाका लिग निर्देशक संजिव मिश्रले मैदानमा तैनाथ सुरक्षा गार्ड र प्रहरीको सहयोग लिए । समर्थकले केहि बेर प्रहरीसँग भनाभन गरेपछि प्रहरीले चेतवानी दिएर उनलाई छाड्यो ।
दशरथ रंगशालामा रंगभेदी टिप्पणी भएको यो पहिलो अवसर होइन । यसअघि मच्छिन्द्र र हिमालयन शेर्पाको खेलमा पनि भीआइपी प्याराफिटबाट नै त्यस किसिमको टिप्पणी भएपछि सुरक्षा गार्डले चेतावनी दिएका थिए ।
एन्फाले यस विषयमा कडा कदम नचाल्दा यस किसिमको घटना पटक पटक दोहोरिंदै आएको छ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]