default_image

8 years ago

January 9, 2017

मेस्सीको गोलमा बार्सिलोना हारबाट जोगियो

60 views

0 Bookmark

स्पेन (एजेन्सी)– लियोनल मेस्सीले अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा आइतबार हारबाट जोगिएको छ । ९० औं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गरेपछि भिल्लारियल र बार्सिलोनाले १–१ को बराबरी खेलेका थिए । नयाँ बर्ष २०१७ मा बार्सिलोनाले जित हासिल गर्न सकेको छैन ।

messi-png-1

खेलेका पछिल्ला दुवै खेलमा बार्सिलोनाले निराश हुनु पर्यो । यसअघि एथलेटिक बिल्बाओसँग कोपा डे रेको पहिलो लेगमा बार्सिलोना २–१ ले पराजित भएको थियो । आइतबार पहिलो हाफमा खेल नियन्त्रणमा राख्नका वावजुद बार्सिलोनाले खाता खोल्न सकेन । उल्टो ४९ औं मिनेटमा भिल्लारियलले खेलमा अग्रता बनायो । काउन्टर एट्याकमा निकोला सानसोनेले गोल गरेपछि बार्सिलोना खेलमा पछि परेको थियो ।

अन्तिम मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको थियो । बराबरीपछि जाउमे कोस्टा दोहोरो पहेलो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलमा भिल्लारियलले खेलको अन्त्य गरेको थियो । बराबरीपछि बार्सिलोना शीर्षस्थानको रियल मड्रिडभन्दा ५ अंकले पछाडी परेको छ । रियालले बार्सिलोनाले भन्दा एक खेल कम खेलेको छ । १६ खेलमा रियलको ४० अंक छ भने दोस्रो स्थानको सेभियाको ३६ र बार्सिलोनाको ३५ अंक छ ।

ला लिगाका अन्य खेलमा सेभियाले रियल सोसिडाडलाई ४–० ले, रियल बेटिसले लेगानेसलाई २–० ले, सेल्टा भिगोले मालागालाई ३–१ ले हरायो भने एथ्लेटिको बिल्बाओ र अल्भेसले गोलरहित बराबरी खेलेका थिए ।

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

September 21, 2024

पुलिससँग वालिङको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि जित हात पारेको छ । वालिङलाई हराउँदै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा पुलिसले वालिङलाई २-० ले पराजित गरेको हो । पुलिसलाई जित दिलाउन दुवै गोल सम्झना लावतीले गरिन् । सम्झनाले ६७औं र इन्ज्युरी समयमा […]

September 21, 2024

अन्नपूर्ण आरसिटीमा पहिलो पटक महिलालाई सदस्यता

काठमाडौं (हाम्रो खेलकुद)–अन्नपूर्ण आरसिटीले १९ औं साधारण सभाको अवसरमा शनिवार पहिलो पटक महिलालाई पनि सदस्यता प्रदान गरेको छ । योसँगै आरसिटीले महिला टिम बनाउने र प्रतियोगिता खेल्ने बाटो खोलेको छ । अध्यक्ष सुरेशकाजी शाक्यले ३ दर्जन भन्दा बढी महिला सदस्यलाई क्लबमा स्वागत गरे । महिला टिम बनाएपछि आरसिटीले एन्फा वुमेन्स लिगमा सहभागिता जनाउने पाउनेछ । […]

Success

Thank you for your time.