default_image

1 year ago

June 10, 2023

रियल म्याड्रिडको १० महँगो अनुबन्ध

192 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले आफ्नो टोलीका युवा मिडफिल्डर जुड बेलिङहम स्पेनिस क्लब रियल म्याड्रिडमा स्थानान्तरण हुने पुष्टि गरिसकेको छ ।

यस विषयमा डर्टमुन्ड, बेलिङहम र रियलबीच सम्झौता भइसकेको छ । बेलिङहम प्रारम्भिक १०३ मिलियन युरोमा रियल म्याड्रिडमा सामेल हुनेछ । त्यहाँ थप ३० मिलियन एड–अन हुन सक्छ ।

यसको अर्थ उनी रियल म्याड्रिडको सबैभन्दा महँगो हस्ताक्षरहरूको सूचीमा शीर्षस्थानमा रहन सक्नेछ । तर, हालको अवस्थमामा उनी दोस्रो स्थानमा रहेका छन् । रियलले महँगो मुल्यमा अनुबन्ध गरेकामध्ये शीर्ष १० मा कुन खेलाडी रहेका छन् । हेरौं ।

१. इडेन हाजार्ड
बेल्जियमका फरवार्ड इडेन हाजार्ड अहिले रियल म्याड्रिडले अनबन्ध गरेको सबैभन्दा महँगा खेलाडी हुन् । रियलले हाजार्डलाई ४ वर्षअघि सन् २०१९ मा ११५ मिलियन युरोपमा इंग्लिस क्लब चेल्सीबाट अनुबन्ध गरेका थिए । रियल आएलगत्तै चोटले नछाडेका उनी रियलमा आफ्नो प्रभाव जमाउन नपाउँदै यो सिजन रियलबाट बाहिरिदैछ ।

२. जुड बेलिङहम
इंग्ल्याण्डका युवा मिडफिल्डर बेलिङहम रियलको अनुबन्ध गरेको महँगो खेलाडीको सुचीमा दोस्रोमा छन् । उनी बोरुसिया डर्टमन्डबाट प्रारम्भिक १०३ मिलियन युरोमा रियलमा सामेल हुने पक्का छ ।

३. ग्यारेथ बेल
सन् २०१३ मा रियलले ग्यारेथ बेलका लागि १ सय मिलियन युरो खर्चिदा वेल्सका बेल क्लबको सर्वाधिक महँगो खेलाडी बनेका थिए । बेललाई रियलले इंग्लिस क्लब टोटेनहम हटस्परबाट मोटो रकम खर्चिएको थियो ।

उनले रियलमा आफ्नो बसाईलाई उच्च प्रदर्शनसहित सम्झनयोग्य बनाएका छन् । उनले रियलमा विभिन्न १९ ट्रफी जितेका छन् । पछिल्लो समय भने प्रशिक्षकसँगको आन्तरिक कलहका कारण टोलीमा स्थान बनाउन उनले निकै संघर्ष गर्नुपर्दा उनले रियल छाडेर अमेरिकी मेजर सकर लिगमा पुगेका थिए ।

४. क्रिस्टियानो रोनाल्डो
९६ मिलियन युरोमा (२००९ मा म्यानचेस्टर युनाइटेडबाट), रोनाल्डो म्याड्रिडको चौथो सबैभन्दा महँगो अनुबन्धित खेलाडी हुन् । उनले क्लबमा नौ वर्ष बिताए र उनीहरूको सबै समयका महान खेलाडीहरूमध्ये एक बने । उनी रियलको सर्वाधिक गोलकर्ता हुन् । २०१८ मा रियल छाडेपछि उनले युभेन्ट्स र म्यानचेस्टर युनाइटेडसँगै हाल साउदीको अल नासरमा खेलिरहेका छन् ।

५. ओरेलिएन चुआमेनी
गत सिजन म्याड्रिडले मोनाकोबाट युवा फ्रेन्च इन्टरनेसनल ल्याउन ८० मिलियन युरो खर्चियो । उनी पनि रियलले महँगो रकम खर्चिएका मध्ये एक युवा खेलाडी हुन् ।

६. जिनेदिन जिदान
अर्को फ्रान्सेली लेजेन्ड जिनेदिन जिदान सन् २००१ मा इटालियन क्लब युभेन्ट्सबाट ७६ मिलियन युरोमा रियलमा आएका थिए । यो त्यो समयको कीर्तिमानी मुल्य हो ।

७. जेम्स रोड्रिगेज
कोलम्बियाली जेम्स रोड्रिग्वेज रियलले महँगो मुल्य खर्चिएको मध्ये एक खेलाडी हुन् । रियलले उनका लागि सन् २०१४ मा ७५ मिलियन युरो खर्चिएको थियो ।

८. काका
काका र क्रिस्टियानो एउटै विन्डो सन् २००९ रियलमा आइपुगेका खेलाडी हुन् । रोनाल्डोको लागि ९६ मिलियन युरो खर्चदा काकालाई रियलले ६७ मिलियन युरोमा अनुबन्ध गरेका थिए । उनी एसी मिलानबाट रियल आएका थिए ।

९. लुइस फिगो
रियलले अनुबन्ध गरेको लुइस फिगो सबै समयको सबैभन्दा विवादास्पद स्थानान्तरणहरू मध्ये एक हुन् । फिगोलाई सन् २००० मा बार्सिलोनाबाट६२ मिलियन युरोमा अनुबन्ध गरिएको थियो ।

१०. लुका जोभिक
रियलले अनुबन्ध गरेकोमध्ये सबैभन्दा महँगो खेलाडीको सुचीमा लुका जोभिक शीर्ष १० मा अटाएका छन् । रियलले लुका जोभिकलाई सन् २०१९ मा ६० मिलियन युरोमा आइनट्राक्ट फ्रान्कफर्टबाट अनुबन्ध गरिएको थियो ।

तर, रियलमा उनको बसाई सुखद् रहेन । उनी रियलमा फ्लप खेलाडीको रुपमा दर्ज भए । सन् २०२१ मा उनी लोनमै आफ्नो पुर्व क्लब फर्कदा २०२२ मा स्थायी खेलाडीको रुपमा इटालियन क्लब फियोरेन्टिनामा खेलिरहेका छन् ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.