default_image

2 years ago

June 9, 2023

आर्मीले शेर्पालाई हरायो

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको यो सिजनको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले शेर्पालाई १–० ले पराजित गर्दै लिगको सुखद् अन्त्य गरेको हो ।

आर्मीको जितमा पहिलो हाफमा सुदिल राईले गरेको गोल नै निर्णायक बन्यो । उनले छैटौं मिनेटमा गोल गर्न सफल भएका थिए ।

जितेन्द्र कार्कीको लामो फ्रिकिकलाई नियन्त्रणमा लिदै गरेको ट्यापिङले जाली चुम्न पुग्यो । त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी विजयी हुन सफल भयो ।

यसै खेलपछि आर्मीका डिफेन्डर दीपक गुरुङले व्यवसायिक खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । खेल पश्चात आर्मीका टोली तथा अफिसियलले सम्मानसहित बिदाई गरेका छन् । उनले लिगको अन्तिम खेलमा पुरै समय मैदानमा बिताए । टोलीको कप्तानीसमेत गरे ।

यस जितसँगै आर्मीले २६ खेलबाट ३४ अंक जोडेको छ । आर्मी छैटौं स्थानमा रहेको छ । पराजित शेर्पा २६ खेलबाट ३१ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.