default_image

2 years ago

June 9, 2023

व्यवसायिक खेल जीवनबाट पुलिसका जुमानु र भोलाको सन्यास

516 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलका सफल दुई खेलाडी नेपाल पुलिस क्लबका फरवार्ड जुमानु राई र मिडफिल्डर भोला सिलवालले व्यवसायिक खेल जीवनबाट सन्यास लिएका छन् । जुमानुले दुई दशक भन्दा लामो समय र भोलाले झण्डै २ दशक पुलिसबाट व्यवासयिक फुटबल खेले ।

च्यासल मैदानमा सातदोबाटो युथ क्लबलाई शुक्रबार १–० ले हराएसँगै तेस्रो स्थानमा यसपटक लिगको अन्त्य गरेको छ । उपाधि विजेता चर्च ब्वाइज युनाइटेड क्लबले ४८ र दोस्रो स्थानको मछिन्द्र क्लबले ४२ अंक जोड्दा पुलिसको खातामा ४१ अंक रहेको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा पुलिसको अन्तिम खेलसँगै जुमानु र आफूले सन्यास लिएको भोलाले बताए । पुलिसले लिग उपाधिमा ह्याट्रिक गर्दाका महत्वपूर्ण सदस्य रहेका जुमानु र भोलाले फुटबलबाटसँगै अलग हुने निर्णय गरेका छन् । पुलिसले विराटकृष्ण श्रेष्ठको प्रशिक्षणमा २०६३, २०६६/६७ र २०६८ मा लिग जित्दै ह्याट्रिक गरेको थियो । कुनै समय दुवै राष्ट्रिय फुटबलका पनि महत्वपूर्ण सदस्य थिए ।

जुमानु र भोला दुवैले खेल्न छाडेपनि फुटबलबाट भने अलग नहुने बताएका छन् । ‘२१ वर्ष पुलिसबाट खेले । आजबाट बुट थन्क्याउने निर्णइमा पुगे । म आफ्नो खेल जीवनलाई सफल मान्छु । मलाई कुनै गुनासो छैन,’ जुमानुले भने,‘ पुलिसमा भएकै कारण यति लामो समय खेल्न सके र आफ्नोतर्फबाट क्लबलाई केहि योगदान गर्न सके भन्ने ठानेको छु ।’

राष्ट्रिय टोली सन् २००६ देखि २०१५ सम्म खेल्दा ५० भन्दा बढी खेल खेलेका जमानुले ११ गोल गरेका थिए । उनले आउने दिनमा प्रशिक्षणमा जुटेर पुलिसका लागि खेलाडी तयार पार्ने आफ्नो सपना रहेको बताए । ‘यसपटक लिगमा हामीलाई गाह्रो भयो । ५ जना विदेशी ल्याएपछि तेस्रो स्थान प्राप्त गर्यौं, उनले थपे,‘ आउने दिनमा पुलिसले आफ्नै खेलाडी तयार पार्न आश्यक छ । ’ यसपटकको लिगमा जुमानुले २ खेलमा मात्र खेले ।

यसपटक ३ खेलमा मात्र खेलेका भोलाले पनि प्रशिक्षणमै जुट्ने योजना रहेको सुनाए । ‘ झण्डै १९ वर्ष पुलिसबाट खेले । मलाई भोला सिलवाल भनेर पुलिसले नै चिनाएको हो । यदि म पुलिसमा हुने थिएन भने गुमनाम हुन सक्थे,’ भोलाले भने,‘ मलाई क्लबले मौका दियो र मैले पनि आफ्नोतर्फबाट हर सम्भव दिने प्रयास गरे । आफ्नो खेल जीवनबाट म खुसी छु । अब क्लबकै प्रशिक्षण टोलीमा बसेर काम गर्ने इच्छा छ । ’ सन् २००८ देखि २०१६ सम्म राष्ट्रिय टोलीबाट खेलेका भोलाले २ गोल गरेका थिए ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.