default_image

2 years ago

June 9, 2023

तनावपूर्ण खेलमा च्याम्पियनसँग पराजित भएपछि खुमलटार रेलिगेसनमा

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ को च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग अन्तिम खेलमा हार बेहोरेसँगै फुटबल क्लब खुमलटार रेलिगेसनमा परेको छ । यससँगै दुई नवप्रवेशी क्लबमा चर्च ब्वाइज शीर्षस्थान र खुमलटार पुछारको स्थानमा रहेर ए डिभिजन लिगको पहिलो सिजन अन्त्य गरे ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा १० खेलाडीमा सिमित चर्च ब्वाइजले २-० को जित दर्ता गर्यो । पहिलो हाफमा गरेको २ गोल नै चर्च ब्वाइजको जितमा निर्णायक सावित भयो । पहिलो हाफमा खुमलटारका बेन्चमा रहेका खेलाडी र अफिसियलले रेफ्रीमाथि आक्रमण गर्दा खेल तनावग्रस्त भएको थियो । रेफ्रीले खुमलटारको बेन्चमा रहेका ३ अफिसियल र १ खेलाडीलाई रातो कार्ड दिएका थिए ।

यता चर्च ब्वाइजका गोलरक्षक एभ्स प्रिसोले दोस्रो हाफमा रातो कार्ड खाँदा चर्च ब्वाइज १० खेलाडीमा सिमित भएको थियो । चर्च ब्वाइजका लागि सुशील शाह र जोस्पे बेम्पाले १-१ गोल गरे । १२ औं मिनेटमा एरिक विष्टको फ्रिकिक पासमा सुशीलले सुन्दर गोल गरेका थिए ।

पहिलो हाफकै इन्ज्युरी समयमा खेल तनावग्रस्त बनेपछि रेफ्रीले सुरक्षा माग गर्दै खेल स्थगित गरेका थिए । आधा घण्टापछि सुरु भएको खेलमा चर्च ब्वाइजले अर्को गोल थप्यो । इन्ज्युरी समयमा नै चर्च ब्वाइजका लागि बेम्पाले वन भर्सेस वनमा फिनिस गर्दै २-० को अग्रता दिलाए ।

यससँगै च्याम्पियन चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोड्दै लिगको अन्त्य गर्यो । खुमलटार भने २६ खेलमा २७ अंकका साथ पुछारमा रहयो ।

यता फ्रेन्ड्स क्लबले अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबलाई ४-० ले पराजित गरेपछि अर्को सिजन ए डिभिजन लिगमा रहने पक्का गरेको छ । एपिएफको यो हारले भने अब थ्री स्टार र एपिएफमध्य एक टोली अर्को सिजन बी डिभिजनमा घटुवा हुने समीकरण बनेको छ । थ्री स्टारले रेलिगेसन टार्न अन्तिम खेलमा शनिबार जावलाखेल युवा क्लबलाई पराजित गर्नुपर्नेछ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.