2 years ago
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको फिफा महिला वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थान तल झरेको हो ।
नयाँ वरीयता अनुसार नेपाल १०१औं स्थानमा छ । यसअघि नेपाल १००औं वरीयतामा थियो । एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली राष्ट्रमा भने दोस्रो स्थानमा छ ।
नेपालले पछिल्लोपटक गत अप्रिलमा घरेलु मैदानमा भियतनामसँग पेरिस ओलम्पिकको लागि छनोटको पहिलो चरणको दुई खेल खेलेको थियो ।
विश्व वरीयतामा ६०औं स्थानमा रहेको भारत दक्षिण एसियामा शीर्षमा छ । भुटानले ७ स्थान सुधार गर्दै १७१औं स्थानमा उक्लिएको छ । यसअघि भुटान १७८औं स्थानमा थियो ।
विश्व वरीयतामा शीर्ष पाँच सम्म कुनै परिवर्तन भएको छैन । अमेरिका शीर्ष स्थानमा यथावत छ । जर्मनी दोस्रो, स्वीडेन तेस्रो, इंग्ल्यान्ड चौथो र फ्रान्स पाँचौं स्थानमा यथावत छ ।
एक स्थान सुधार गरेको स्पेन छैटौं स्थानमा उक्लिएको छ । एक स्थान तल झरेको क्यानडा सातौं, एक स्थान सुधार गरेको ब्राजिल आठौं, एक स्थान झरेको नेदरल्यान्ड्स नवौं र अष्ट्रेलिया शीर्ष १० मा यथावत छ ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]