default_image

2 years ago

June 9, 2023

रेलिगेसन समीकरण आज प्रष्ट हुने

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत अन्तिम चरणको खेलमा आज ४ खेल हुँदैछन् । २६ औं चरणमा आइपुग्दा लिगबाट रेलिगेसनमा पर्ने टोलीको भने अझै टुंगो लागेको छैन ।

आज दिउँसो ३ बजे हुने दुई खेलले अर्को सिजन तल्लो श्रेणीमा खेल्ने टोलीको टुंगो लगाउने सम्भावना छ । नतिजा अनुसार आज नै झर्ने दुवै टोली छिनोफानो हुन सक्छ । हाल रेलिगेसनबाट बच्ने संघर्षमा ४ टोलीको नाम रहेको छ ।

११ औं स्थानको फ्रेन्ड्सको ३० अंक र १२ औं स्थानमा रहेको थ्री स्टार क्लबको २९ अंक छ । पुछारको दुई स्थानमा रहेका फ्रेन्ड्स र खुमलटारको समान २७-२७ अंक रहेको छ ।

दिउँसो ३ बजे एन्फा कम्पलेक्सको मैदानमा चर्च ब्वाइज युनाइटेड र फुटबल क्लब खुमलटार बीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा चर्च ब्वाइजले जित हासिल गरे खुमलटार रेलिगेसनमा पर्नेछ ।

त्यस्तै सोही समय दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा एपिएफले जित दर्ता गरे फ्रेन्ड्स रेलिगेसनमा पर्नेछ । तर यदि खेलमा फ्रेन्ड्स विजयी भएको अवस्थामा भने लिगको छिनोफानो हेड टु हेड नतिजाले लिनुपर्ने हुन्छ । यस्तोमा रेलिगेसनको समीकरण शनिबारसम्म लम्बनेछ ।

आज ३ बजे च्यासल मैदानमा सातदोबाटो र नेपाल पुलिस क्लब खेल्नेछन् । उक्त खेल तेस्रो स्थानको प्रतिस्पर्धाका लागि महत्त्वपूर्ण रहेको छ । त्यस्तै साँझ ६ बजे आर्मी र शेर्पाबीच पनि अंक तालिकाको माथिल्लो भागमा उक्लन प्रतिस्पर्धा हुनेछ ।

शनिबार साँझ ५:३० बजे थ्री स्टार र जावलाखेल भिड्नेछन् । आजको खेलको नतिजाले भोलीको खेल कतिको महत्त्वपूर्ण हुन्छ भन्ने प्रष्ट हुनेछ । आज फ्रेन्ड्स र खुमलटार दुवै पराजित भए थ्री स्टार रेलिगेसनबाट जोगिनेछ । तर दुई मध्य कुनै एक टोलीले पनि जित हासिल गरे अन्तिम खेलमा थ्री स्टारले हार टार्नुपर्ने समिकरण बन्नेछ ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.