2 years ago
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबारदेखि अन्तिम (२६औंं) चरणका खेलहरु हुँदैछ ।
लिगको अन्तिम चरणको पहिलो दिन आज विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । एक खेल एन्फा कम्पेल्क्स र एक खेल च्यासल मैदानमा हुनेछ ।
दशरथ रंगशालामा दिउँसो ३ बजेपछि रेलिगेसनको दवाव झेलिरहेको नेपाल एपीएफ फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । बराबरीको नतिजाले पनि रेलिगेसन जोगिने एपीएफ जित निकाल्दै सिजनको अन्तय गर्न चहान्छ । एपीएफ २५ खेलमा ३० अंक जोडेर ११औं स्थानमा छ ।
रेलिगेसनबाट बच्न फ्रेन्ड्सलाई जित्नैपर्ने दबाब छ । हार या बराबरीको नतिजाले फ्रेन्ड्स रेलिगेसनमा पर्नेछ । जितको नतिजामा पनि फ्रेन्ड्सको रेलिगेसन थ्री स्टारको प्रदर्शनमा भर पर्नेछ । फ्रेन्ड्स २५ खेलमा २७ अंक जोडेर १३औं स्थानमा छ ।
एन्फा कम्प्लेक्समा पुछारमा रहेको एफसी खुमलटार र यो सिजनको च्याम्पियन बनिसकेको चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
रेलिगेसनबाट जोगिन गणितीय सम्भावना राख्न पनि खुमलटारलाई जित्नैपर्ने दबाब छ । खुमलटारलाई जितको नतिजाले मात्रै पुग्दैन रंगशालामा हुने एपिएफ र फ्रेन्ड्सको खेल तथा भोलि हुने थ्री स्टारको नतिजामा भर पर्नुपर्नेछ ।
बराबरी या हारको नतिजाले खुमलटार डेब्यु सिजनमा नै रेलिगेसनमा पर्नेछ । खुमलटार २५ खेलमा २७ अंक जोडेर पुछारमा रहेको छ ।
खुमलटार गत वर्ष ‘बी’ को उपविजेता बनेर शीर्ष डिभिजनमा उक्लिएको थियो । त्यसको ठीक विपरित ‘बी’ च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेड डेब्यु सिजनमै शीर्ष डिभिजनको च्याम्पियन बनिसकेको छ ।
यता, एक खेल अगावै च्याम्पियन बनिसकेको चर्च ब्वाइज खुमलटारलाई हराएर सिजनको सुखद अन्त्य गर्दै लिगको उपाधि उचाल्न चहान्छ । चर्च ब्वाइजको २५ खेलमा ४५ अंक छ ।
च्यासल मैदानमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो राउन्डमा रेलिगेसनको दवाव झेलेको पुलिसले दोस्रो राउन्डमा भने सानदार प्रदर्शन गर्दै शीर्ष तीनमा पुगेको छ ।
सातदोबाटोलाई हराएर पुलिस लिगको सुखद् अन्त्य गर्न चहान्छ । तेस्रो स्थानमा रहेको पुलिसको २५ खेलबाट ३८ अंक छ । सातदोबाटो पनि पुलिसलाई हराएर सिजनको सुखद् अन्यत गर्न चहान्छ । पाँचौं स्थानमा रहेको सातदोबाटोको २५ खेलमा ३५ अंक छ ।
दशरथ रंगशालामा साँझ ६ बजे त्रिभुवन आर्मी फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी २५ खेलमा ३१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
हिमालयन २५ खेलमा ३१ अंक जोडेर १०औं स्थानमा रहेको छ । रेलिगेसनको संकट टारिसकेको दुवै टोली नतिजा आफ्नो पक्षमा पार्दै लिगको सुखद अन्त्य गर्न चहान्छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]