default_image

1 year ago

June 8, 2023

बेलिङहम रियल म्याड्रिड जाने

390 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङहमलाई अनुबन्ध गर्न सम्झौता गरेको छ ।

रियल म्याड्रिडले बेलिङहमलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०३ मिलियन युरोमा अनुबन्ध गर्न सम्झौता गरेको छ । केही दिनमा नै मेडिकल हुने छ ।

युरोपका केही शीर्ष पक्षहरूसँग जोडिएका मिडफिल्डरले रियलसँग ६ वर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन् । डर्टमुन्डले एक विज्ञप्ति जारी गर्दै रियलले बेलिङहको लागि १०३ मिलियन युरो तिर्न सहमत भएको छ र त्यसमा विभिन्न सम्भावित एड–अनहरू रहेका बताएका छन् । यदि ति एडअनहरु समावेश भएमा उनको सम्झौता १३३ मिलियन युरो पुग्नेछ ।

सन् २०२० को जुलाईमा बर्मिङहम सिटीबाट डर्टमुन्डमा आबद्ध भएका १९ वर्षीया बेलिङहमले गत वर्षको विश्वकपमा इङ्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

म्यानचेस्टर सिटी र लिभरपुल बेलिङहम अनुबन्ध गर्ने दौडमा थिए । अप्रिलमा लिभरपुलले खर्चको कारणले गर्दा बेलिङहमलाई अनुबन्ध गर्ने दौडबाट बाहिरियो ।

बर्मिङहमले बेलिङहमलाई २५ मिलियन पाउन्डमा डर्टमुन्डमा बेचेको थियो । १७ वर्षीय उनी त्यसबेला फुटबलको इतिहासमा सबैभन्दा महँगा युवा खेलाडी बनेका थिए ।

उनले डर्टमुन्डमा उत्कृष्ट प्रदर्शन गरे र गत वर्ष अक्टोबरमा १९ वर्षको उमेरमा क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचे । बेलिङहमले यस सिजन डर्टमुन्डका लागि ४२ खेल खेल्दा १४ गोल र ७ असिस्ट प्रदान गरेका छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.