default_image

2 years ago

June 7, 2023

शेर्पालाई हराएसँगै मच्छिन्द्र बन्यो लिगको उपविजेता

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ मा मच्छिन्द्र फुटबल क्लब उपविजेता बनेको छ । बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मच्छिन्द्रले दोस्रो स्थान पक्का गरेको हो ।

दशरथ रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्रले ३-१ को जित दर्ता गर्यो । दुवै टोली १० खेलाडीमा सिमित भएको खेलमा मच्छिन्द्रका लागि ओलावाले आफिजले २ तथा विमल घर्ती मगरले १ गोल गरेका थिए । पिस्तोने मुताम्बाले अन्तिम मिनेटमा सान्तवना गोल फर्काए ।

यससँगै मच्छिन्द्रको २५ खेलमा ४२ अंक भएको छ । तेस्रो स्थानमा रहेको पुलिसको २५ खेलमा ३८ अंक रहेको छ । पराजित शेर्पाको २५ खेलमा ३१ अंक रहेको छ ।

१३ औं मिनेटमा मच्छिन्द्रका युटा सुजुकीको क्रसमा आफिजको हाफ भली प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २६ औं मिनेटमा मच्छिन्द्रले अग्रता लियो । विमल घर्ती मगर आफैंले मिडफिल्डबाट सुरु गरेको मुभलाई फिनिस गरे । उनले पुजन उपरकोटीलाई पास दिएर पेनाल्टी क्षेत्रभित्र पुग्दा आएको पासलाई हेडरमार्फत गोलमा परिणत गरे ।

४२ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने सुवर्ण अवसर गुमायो । विमलको प्रहार शेर्पाको डिफेन्सबाट रिबाउन्ड आएपछि विजय भुजेलले खाली पोस्टमा गोल गर्न सकेनन् । लगत्तै ओलावाले आफिजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार दुई प्रहार गोलरक्षक क्रिशल मोक्तानले बचाए ।

६८ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्यो । आफिजले लिगको व्यक्तिगत २० औं गोल गर्दै मच्छिन्द्रलाई शाज अवस्थामा पुर्याए । युता सुजुकीले दायाँ विंगबाट दिएको क्रसलाई आफिजले हेडरमार्फत गोलमा परिणत गरेका थिए ।

७७ औं मिनेटमा आफिजले खेलको व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी क्षेत्रभित्र उनलाई नै लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिए । आफिजले पेनाल्टीमा सहजै गोल गर्दै ३-० को अग्रता दिलाए ।

८२ औं मिनेटमा गोलरक्षक विशाल श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा आबायोमी फाकुन्लेलाई फल गरेपछि रेफ्रीले रातो कार्ड दिए । रेफ्री बिडारीले सुरुवातमा पहेंलो कार्ड दिएपनि शेर्पाका खेलाडीले विरोध गरेपछि आफ्नो निर्णय बदलेर रातो कार्ड देखाएका थिए ।

त्यसपछि दुवै टोलीका खेलाडीबीच उत्पन्न विवादमा विपक्षी खेलाडीमाथि हात हालेपछि शेर्पाका निशान लिम्बुले रातो कार्ड पाए । उक्त घटनामा शेर्पाका अमृत श्रेष्ठ र मच्छिन्द्रका ओमोलाजा करीमले पनि पहेंलो कार्ड पाए ।

पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त उक्त फ्रिकिकलाई केन्याली फरवार्ड पिस्तोने मुताम्बाले गोल गरे । वैकल्पिक गोलरक्षक नविन सिलवालले मुताम्बाको फ्रिकिक बचाउन सकेनन् ।

अर्को खेलमा न्यु रोड टिम (एनआरटी) ले मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले हरायो । एनआरटीको जितमा दिपेश आले मगरले १७ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.