default_image

1 year ago

June 6, 2023

म्यानमारसँग नेपालको फराकिलो हार

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी वुमेन्स यू–२० एसिया कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले घरेलु टोली म्यानमारसँग फराकिलो हार बेहोरेको छ ।

मंगलबार भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको छ । म्यानमारको थुवुन्ना स्टेडियममा भएको खेलमा घरेलु टिमका लागि यिन लुन इनले ह्याट्रिक गरिन् ।

यस्तै जिन मोइ पाए र युन वादीले समान एक गोल गरिन् । नेपालले कुनै पनि समय म्यानमारको पोस्टमा आक्रमण गर्न सकेन ।

अब नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ । यस्तै शनिबारको अन्तिम खेलमा चिनिया ताइपेयीविरुद्ध खेल्नेछ ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा नेपाल विजेता रहेको थियो । नेपाल समूह ‘बी’ विजेताका रूपमा छनोटको दोस्रो चरण पुगेको थियो । यस छनोटबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.