8 years ago
January 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दाजु रन्जन बिष्ट र भइ अन्जन बिष्ट सशस्त्र प्रहरी बल (एपीएफ)को मोष्ट भ्यालुएबल प्लेयरद्वारा सम्मानित भएका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपाल एपीएफ क्लवका विभिन्न विद्याका ३३ जना खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गर्दा फुटबलका रञ्जन विष्ट र अञ्जन विष्ट भने मोष्ट भ्यालुएबल प्लेयर द्वारा सम्मानित छ खेलाडी मध्य पर्न सफल रहे। फाइनल खेलमा अन्जन र रन्जनको उत्कृष्ट प्रदर्शनले भर्खरै सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा एपिएफ स्वर्ण पदक जित्न सफल रहेको थियो।
बिष्ट दाजुभाईसंगै करातेतर्फ सुनिल लामा, बक्सीङ्तर्फ सरस्वती राना र पूर्णबहादुर लामा र भलिबलतर्फ सरस्वती चौधरी गरी ६ जना खेलाडीहरुलाई ‘मोष्ट भ्यालुएवल’ प्लेयर तथा कराते प्रशिक्षक दिपक श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षक तथा विभिन्न विद्याका खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर’ अवार्ड प्रदान गरियो।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]