2 years ago
June 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार थ्री स्टार क्लबविरुद्ध हुने खेलमा बराबरी मात्र गरेपनि नवप्रवेशी चर्च ब्वाइज युनाइटेड लिग च्याम्पियन बन्ने भएको छ ।
अंक तालिकामा २४ खेलबाट ४४ अंक जोड्दै शीर्ष स्थानमा रहेको चर्च ब्वाइज साविक विजेता मच्छिन्द्र फुटबल क्लबभन्दा ५ अंकले अघि छ । २ खेल बाँकी रहेको अवस्थामा चर्च ब्वाइजले आज हुने खेलमा थ्री स्टारसँग बराबरी मात्र खेलेपनि लिग जित्ने समीकरण बनेको हो । चर्च ब्वाइजले दिउँसो ३ बजे हुने खेलमा थ्री स्टारको सामना गर्दैछ ।
यता थ्री स्टार भने रेलिगेसन क्षेत्रमा खस्ने डरबाट टाढा रहन जित हासिल गर्न चाहन्छ । थ्री स्टारको २४ खेलबाट २८ अंक छ र रेलिगेसन क्षेत्रबाट २ अंक मात्र अघि छ । १३ औं स्थानको फ्रेन्ड्सको २६ र पुछारको खुमलटारको २४ अंक छ ।
आज नै च्यासल मैदानमा ३ बजे हुने खेलमा खुमलटार र एपीएफ भिड्नेछन् । एपिएफले आजको खेलमा खेलमा जित दर्ता गरे रेलिगेसनबाट बच्नेछ । खुमलटारका लागि भने बाँकी दुवै खेल जित्नुपर्ने समीकरण रहेको छ ।
आज एन्फा कम्प्लेक्समा ३ बजे नै हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । पुलिस दोस्रो स्थानमा उक्लने प्रयासमा हुँदा आर्मी भने रेलिगेसनको डर हटाउन प्रयासरत रहनेछ । आर्मीले आज जित हासिल गरे अर्को सिजन ए डिभिजनमै रहने पक्का हुनेछ ।
दिनको अन्तिम खेल सातदोबाटो युआ क्लब र जावलाखेल युवा क्लबबीच साँझ ६ बजे हुनेछ । दुवै क्लब अंक तालिकाको शीर्ष ४ मा रहने प्रयासमा छन् । तेस्रो स्थानको जावलाखेलको ३७ अंक छ भने सातदोबाटो ३२ अंकका साथ पाँचौ स्थानमा छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]