default_image

1 year ago

June 6, 2023

केनमा रियल म्याड्रिडको नजर

181 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना मुख्य फरवार्ड करिम बेन्जेमाको स्थान परिपुर्ति गर्न इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड ह्यारी केनलाई अनुबन्ध गर्ने तयारी थालेको छ ।

करिम बेन्जेमाको स्थानमा रियल म्याड्रिडको खोजीमा सूचीमा ह्यारी केन शीर्ष स्थानमा छन् । २९ वर्षीय केनसँग टोटनह्यामको सम्झौतामा एक वर्ष बाँकी छ र आफ्नो भविष्यको बारेमा अनिर्णित छन् । बेन्जेमा १४ वर्षपछि क्लबबाट बाहिरिएपछि स्पेनिस दिग्गजलाई नयाँ फरवार्डको आवश्यकता परेको छ ।

नेपोलीका भिक्टर ओसिमहेन, इन्टर मिलानका लाउटारो मार्टिनेज, चेल्सीका काई हाभर्ट्ज र युभेन्टसका डुसान भ्लाहोभिक पनि उरियलको सुचीमा छन् ।

तर १४ पटकको युरोपेली च्याम्पियन रियलको प्राथमिकतामा इङ्ल्यान्डका कीर्तिमानी गोलकर्ता केन नै रहेका छ । यो समरमा क्लबबाट धेरै खेलाडीहरु बाहिरिने भएकाले रियलले केनलाई महँगो मुल्यमै अनुबन्ध गर्न सकक्नेमा आशावादी छन् ।

बेन्जेमासँगै, इडेन हाजार्ड, मार्को एसेन्सियो र मारियानो डियाजले यो सिजनको अन्त्यसँगै रियल छाड्दैछन् । यि खेलाडीले रियल छाडेमा क्लबको बजेट ६६ मिलियन युरो बढ्नेछ ।

रियल बर्मिङहक सिटीका पूर्व खेलाडी इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङहमलाई लिएर जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग वार्तामा छ ।

टोटेनहमका अध्यक्ष ड्यानियल लेवी केनलाई आफ्नो बाल्यकालको क्लबमा राख्न चाहन्छन्, यद्यपि केनको मुल्य १ सय मिलियनभन्दा बढी भएमा रियल त्यसमा अनिच्छुक रहने छ ।

केनले स्पर्सका लागि ४३५ खेलमा २८० गोल गरेका छन् । रियलले गत सिजन नै केनलाई अनुबन्ध गर्न चासो देखाएको थियो । तर, केनले म्यानचेस्टर सिटी जाने मनासय बनाएका थिए ।

तर स्पर्स अर्को सिजन युरोपेली फुटबलमा नरहेपछि उनी ट्रफी जित्नकै लागि क्लब छाड्ने स्थितिमा रहन सक्नेछ । ट्रफीको चाहनाले उसलाई स्पेन जान आकर्षित गर्ने रियलको आशा छ ।
छ।

सन् २००९ मा लियोनबाट स्पेनिस दिग्गजहरूसँग आवद्ध भएका ३५ वर्षीय बालोन डी’ओर विजेता बेन्जेमाले म्याड्रिडसँग पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेकाले रियललाई निःशुल्क ट्रान्सफरमा छाडेका थिए ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.