2 years ago
June 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेपछि शुरु हुनेछ । नेपाली टोलीका प्रशिक्षक यम प्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको र दोस्रो चरणमा पनि सोही मनोवलका साथ खेल्ने बताएका छन् ।
‘टिममा एकता छ, हामी कुनैपनि टिमलाई हराउन सक्छौं । हामी हरेक म्याच जित्नकै लागी खैल्छौं ।’ प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक गुरुङले भने, ‘फिफा वरीयतामा हामी भन्दामाथि भएका टिमहरु छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौं ।’
छनोटको समूह ‘बी’ मा नेपाल चीन, म्यानमार र चाइनिज ताइपेई छन् । यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग हुनेछ ।
नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोली
गोलरक्षक – कविता विक, लिला जोशी र सावित्री किसान
डिफेन्डर – सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर र कुमारी तामाङ
मिडफिल्डर – सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी
फरवार्ड – गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]