8 years ago
January 8, 2017
दिपक बोहोरा
पाँचथर – बिर्ता युनाइटेड झापाले आठौं टुबोर्ग फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोयगताको उपाधि जितेको छ । साविक विजेता कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङलाई थप समयमा २–१ हराउँदै बिर्ता पहिलो पटक च्याम्पियन बनेको हो । झापा ११ ले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिता उपाधि जितेको भोली पल्ट बिर्ताले फाल्गुनन्द जितेको हो । झापा ११ कै अधिकांश खेलाडी बिर्ताबाट खेलेका थिए ।
बुद्ध चेम्जोङको निर्णायक गोलमा बिर्ताले उपाधि जितेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि थप १५ मिनेटमा बुद्धले गोल गरेका थिए । थप समयको तेस्रो मिनेटमा बुद्धले गोल गरेका हुन् । त्यसअघि प्रतिस्पर्धात्मक खेलको ६७ औ मिनेटमा कप्तान योगेश गुरुङले बिर्ताका लागि पहिलो गोल गरे । इन्जुरी समयमा ताप्लेजुङका रजिन धिमालले फ्रिकिकमा बराबरी गोल गरेपछि खेल थप समयतर्फ अघि बढेको थियो ।
उपाधिसहित बिर्ताले २ लाख ५० हजार प्राप्त गर्यो । ताप्लेजुङले १ लाख ५० हजार पायो । ताप्लेजुङका सुनिल बल फाइनलका म्यान अफ दी म्याच चुनिए र ५ हजार रुपैयाँ प्राप्त गरे । बिर्ताका कप्तान योगेश गुरुङ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । अन्य व्यक्तिगत पुरस्कारमा जित्नेमा पनि बिर्ताकै खेलाडी बढी रहे ।
५ गोल गरेका बिर्ताका कर्ण लिम्बु सर्वाधिक गोलकर्ता बने र उनले १० हजार रुपैयाँ पाए । बिर्ताका मनोज प्रधान उत्कृष्ट गोलकिपर, देबेन्द्र तामाङ उत्कृष्ट रक्षक, बिबेक लिम्बु उत्कृष्ट फरवार्ड र नरेन्द्र लिम्बु उत्कृष्ट प्रशिक्षक घोषित भए । ताप्लेजुङका निराजन खड्का उत्कृष्ट मिडफिल्डर चुनिए । आयोजक फिदिम स्र्पोटिङ क्लबका शरण बस्नेत उदयीमान खेलाडी छानिए । पुस १५ देखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]