default_image

2 years ago

June 4, 2023

मनाङ र फ्रेन्ड्सको बराबरी

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

मनाङ र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मनाङका लागि निराजन धामीले गोल गर्दा फ्रेन्ड्सका अमित तामाङले बराबरी गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका गोलरक्षक खेल भरन नै व्यस्त बनेका थिए । ५२औं मिनेटमा निराजन धामीले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए ।

विजय श्रेष्ठको कर्नरमा निराजनको हेडरलाई फ्रेन्ड्सका गोलरक्षकसँगै डिफेन्डरले रोक्ने कुनै चाल नै पाएनन् । ६१औं मिनेटमा सुमित श्रेष्ठको पेनाल्टी बक्सबाहिरको प्रहारलाई फ्रेन्ड्सका गोलरक्षर राजा बाबु थापाले पञ्च गर्दै बचाए ।

८५औं मिनेटमा अमित तामाङले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए । चेतन कुमार थारुले पेनाल्टी बक्समा उत्तम राईलाई फउल गरेपछि रेफ्री कविन ब्यन्जनकारले फ्रेन्ड्सलाई पेनाल्टी प्रदान गर्दा अमित चुकेनन् ।

यस बराबरीसँगै मनाङ २४ खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा छ । पराजित फ्रेन्ड्स ३२ खेलबाट २६ अंक जोडेर १३औं स्थानमा छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.