2 years ago
June 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।
सातदोबाटोले आर्मीलाई २–१ ले पराजित गरेको हो । सातदोबाटोको जितमा शिव सुवेदी र दिपेन्क राज सिंह ठकुरीले गोल गरे । आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काए ।
च्यासलस्थित च्यासल मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा नै शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । २९औं मिनेटमा नवयुगले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
२१औं मिनेटमा आर्मीले पेनाल्टी पाएपनि सातदोबाटोका खेलाडीले लगातार असन्तुष्टि जनाएपछि खेल झन्डै सात मिनेट रोकिएको थियो । त्यसपछि नवयुग श्रेष्ठको पेनाल्टीलाई सातदोबाटोका गोलरक्षक अभिषेक रिजालले बचाएपनि रिवाउन्डमा गोल गर्न सफल भए ।
त्यसपछि ६३औं मिनेटमा दिपेन्क राज सिंह ठकुरीले पेनालटीमा गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए । पेनाल्टी बक्समा दीपक गुरुङले सुरज गुरुङलाई फउल गरेपछ रेफ्रीले पेनाल्टी प्रदान गर्दा दिपेन्क चुकेनन् ।
यस जितसँगै सातदोबाटो २४ खेलबाट ३२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित आर्मी ३० अंक जोडेर नवौं स्थानमा छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]