default_image

9 years ago

September 20, 2015

अन्तिम खेलमा ओमान सँग नेपाल पराजित

118 views

0 Bookmark

एएफसि यु १६ च्यम्पिओन्शिपको अन्तिम छनोट चरणको खेलमा नेपाल ओमान बिरुद्ध ३-१ ले हारेको छ |

nepal 1u

खेलको पहिलो हाल्फ नेपाललाई दबाबमा राख्न सफल ओमानले ११ औ मिनेटमा अग्रता लियो |  नेपालको खुकुलो रक्षापंक्तिको फाइदा उठाउदै तामिर अल जावीले नेपालका गोलरक्षकलाई कुनै मौका नदिई गोल गरे |

ड्र काफी रहेको नेपालले पहिलो हाल्फमा केहि मुभ बनायो, १३औ मिनेटमा बाराबारी गर्ने लक्ष्य लिएर गरेको रेजिनको प्रहार ओमानका गोलरक्षकले राम्रो बचाए |

आफ्नो अग्रतालाई अझ बलियो बनाउनलाई मोहम्मद खलिफा अल खामिसीले पेनाल्टिमा गोल थपे |

२ गोलले पछी परेको नेपाल खेलमा केहि सुधार ल्याउन त सफल भयो तर कुनै मुभ भने बनाउन सकेन | ६३औ मिनेट मा ३-० को अग्रता बनाउने दाउ खोज्दै ओमानका खलिफा अल खामिसिीले नेपालका गोलरक्षक काटे तर उनको प्रहार बहिर गयो |

खेलको ९०औ मिनेटमा प्रेजेन तामाङले पेनाल्टीमा नेपालकालागि गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रायश गरे तर गोल गर्न नपाउदै मोहम्मद ओवाइद अल खायदीले ओमानकोलागि गोल थप्दै जित सुनिस्चित पारे  |

हार सगै नेपालको छनोट हुने सम्भावना कम भएको छ | जोर्डनले किर्गिस्तानलाई जिते नेपाल समुहमा तेस्रो हुनेछ, यदी नतिजा जोर्डन बिरुद्ध गए पनि नेपाल दोस्रो हुन्छ र अन्य ग्रुपको नतिजा पर्खनु पर्नेछ |

February 23, 2025

भिल्लाले चेल्सीलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भयो। घरेलुु टोली भिल्लाका लागि दुवै गोल मार्को असेन्सियोले गरे । चेल्सीका एन्जो फर्नान्डेजले गोल गरे । नवौं मिनेटमा फर्नान्डेजले गोल गरेपछि चेल्सी पहिलो हाफमा १-० अघि रह्यो। ५७औं मिनेटमा असेन्सियोले बराबरी गोल गरे । […]

February 23, 2025

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

Success

Thank you for your time.