2 years ago
June 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रोशन राना मगरले इन्ज्युरी समयमा गोल गरेपछि एफसी खुमलटारलाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लन सफल भएको छ ।
खुमलटारलाई १–० ले पराजित गर्दै मनाङ पाँचौ स्थानमा उक्लन सफल भएको हो । मनाङको जितमा इन्ज्युरी समयमा रोशन राना मगरले गरेको गोल नै निर्णायक बन्यो । उनले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको नवौं मिनेटमा रेजिन सुब्बाको प्रहारलाई मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले डाइभ दिदै बचाए । २०औं मिनेटमा राजीव लोप्चनले वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेन । उनको प्रहार पहिलो बार च्याप्दै बाहिरियो ।
५५औं मिनेटमा एलन थापा पेनाल्टीमा चुक्दा खुमलटार पनि अग्रता लिनबाट चुक्यो । श्याम मुर्मुलाई रमेश थापाले पेनाल्टी क्षेत्रमा फउल गरेपछि खुमलटारले पेनाल्टीको अवसर पाएको थियो । तर, एलनको पेनाल्टीलाई दीप कार्कीले बचाउ गर्दै मनाङलाई खेलमा कायम राखे ।
५८औं मिनेटमा श्याम वान भर्सस वानमा चुके । ६५औं मिनेटमा गोलरक्षक दीप कार्की अघि बढेको अवस्थामा राजीव लोप्चनको चिप प्रहार क्रस बारमा लागेर फर्कदा खुमलटार अग्रता लिनबाट चुक्यो । क्रसबारमा लागेर फर्किएको बललाई दीपले नियन्त्रणमा लिन सफल भए ।
७४औं मिनेटमा आशिष गुरुङको क्लियरेन्स आफ्नै पोस्टको बारमा लाग्दै फर्कदा मनाङ भाग्यमानी सावित रह्यो । एकपछि अर्काे आक्रमणमा चुकिरहेको खुमलटार इन्ज्युरी समयमा भने गोल खान पुग्यो ।
यस महत्वपूर्ण जितसँगै मनाङ २३ खेलबाट ३१ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित खुमलटारलाई भने रेलिगेसनको खतरा झनै बढेको छ । खुमलाटार २३ खेलबाट २४ अंक जोडेर पुछारमा छ ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]