default_image

2 years ago

June 2, 2023

आर्थिक होइन एन्फाले दर्ता नगर्दा यू-२३ छनोट गुम्यो !

218 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

आर्थिक कारणले नभई एसियाली फुटबल महासंघ (एफसी) ले दिएको समय सिमामा दर्ता नगराएका कारण नेपालले एएफसी यू २३ एसिया कप छनोटमा भाग लिन नपाएको तथ्य खुलेको छ ।

गत साता भएको समूह विभाजनमा नेपालसहित ४ राष्ट्रको नाम समावेश थिएनन् । नेपाल र भुटानले यू २३ मा भाग लिनका लागि एएफसीले दिएको समय सिमामा टोलीको दर्ता नै नगरेको पाइएको छ । त्यस्तै नर्दन मारियाना आइल्यान्ड अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलको सदस्य नभएको र श्रीलंका फिफाको निलम्बनमा रहेका कारण छनोटमा सहभागी हुन पाएनन् । एएफसी यू-२३ ओलम्पिकको पनि छनोट भएकाले नर्दन मारियनाले भाग लिन पाएन ।

आफ्नो गल्तीलाई ढाक्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू २३ मा भाग नलिनुको दुई अलग अलग तर्क अघि सारेको थियो । एन्फाका महासचिव किरण राईले आर्थिक अभावका कारणले भाग लिने निर्णयमा पुगेको बताएका थिए । एन्फाकै प्रवक्ता सुरेश शाहले भने आर्थिक कारण पनि एउटा कारण भएपनि प्राथमिकतामा यू २३ च्याम्पियनसिप भन्दा राष्ट्रिय टोली रहेकोले भाग नलिने निर्णय गरेको बताएका थिए । तर, ती दुवै तर्क एन्फाले आफ्नो गल्ती लुकाउनका लागि गरेको देखिएको छ ।

फिफाको प्रतिबन्धमा रहेपनि फुटबलको आन्तरिक विषयमा आफ्नो धारणा राख्दै आएका एन्फाका पूर्व अध्यक्ष गणेश थापाले समाजिक सन्जालमार्फत यू २३ मा आर्थिक कारणले नभई एएफसीले दिएको समय तालिकामा एन्फाले टोलीको दर्ता नगरेको आशंका गरेका थिए । उनले त्यो विषयमा सत्यतथ्य छानविनका लागि पनि माग गरेका छन् । आन्तरिक विषयमा आफ्ना फरक मत राख्दै आएका पदाधिकारी र सदस्यले पनि यू २३ मा किन भाग नलिएको भन्ने विषयमा प्रश्न गरेका छैनन् ।

‘विगतमा जसरी थ्री स्टारले पहिलो चरणको छनोट पार गरेर एफसी कप खेल्न पाएन अहिले पनि अवस्था त्यहि हो । अहिले पनि समयमा टोलीको दर्ता भएको देखिएन,’ एन्फाका जिम्मेवार पदाधिकारीले भने,‘ सचिवालय प्रमुखका हिसाबले यसमा महासचिवको गल्ती छ । एएफसी, फिफामा पत्राचार गर्ने जिम्मेवारी उहाँकै हो । तर यसलाई ढाकछोप गर्न अनेक बाहाना गरिएको हो ।’ एन्फाले त्यति बेला ३ करोड रुपैयाँ थ्री स्टारलाई क्षतिपूर्ती तिर्नुपरेको थियो ।

यू २३ को समूह विभाजनको केहि दिन अघि मात्र नेपालले भाग नलिने समाचार सार्वजनिक भएको थियो । महिला र पुरुषको सबै खाले उमेर समूहदेखि राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागिताका लागि बार्षिक ८ लाख अ‍ेमिरिकी डलर प्राप्त हुने गर्छ । एन्फाले भने अन्तर्राष्ट्रिय सहभागिताको खर्च विवरण सार्वजनिक गर्ने गरेको छैन । गत वर्षको पनि सहभागिताको खर्च हुन बाँकी झण्डै ३ लाख डलर छ, यो वर्षको पनि हुने नै भयो,’ एन्फाका एक पूर्व पदाधिकारीले भने,‘ एन्फाले आर्थिक अभावकै कारण यू २३ मा भाग नलिने भन्ने प्रष्टिकरण चित्त बुझ्दो छैन । आफ्नो गल्ति लुकाउन गरिएको तर्क मात्रै हो ।’

भाग नलिने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्णय विवादमा परेको छ । एन्फाले यू २३ मा भाग नलिने निर्णयमा पुग्नु परेको स्पष्ट कारण नदिँदा एन्फा थप विवादमा परेको हो । भविष्यमा राष्ट्रिय टोलीका लागि खेलाडी तयार पार्ने प्रतियोगिताका रुपमा रहेको यू २३ मा भाग नलिने निर्णयको सामाजिक सन्जालमार्फत व्यापक विरोध भइरहँदा पनि एन्फा मौन रहँदै आएको छ ।

यू २३ मा सहभागी राष्ट्रलाई ११ समूहमा विभाजन गरिएको छ । छनोट चरण पार गर्ने १५ र आयोजक कतारले अर्को वर्ष कतारमा हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । त्यसका शीर्ष ३ टोलीले अर्को वर्ष ओलम्पिकमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.