default_image

1 year ago

June 2, 2023

पोर्चुगिज डिफेन्डरले युनाइटेडमा सम्झौता थपे

134 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सेन्टर ब्याक डिएगो डालोटले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।

डालोटले पाँच वर्ष अर्थात् जून २०२८ सम्मका लागि युनाइटेडमा सम्झौता नविकरण गरेका हुन् । सम्झौतामा अर्काे वर्षको विकल्प पनि समावेश छ ।

२४ वर्षीय डालोट सन् २०१८ मा पोर्चुगिज क्लब एफसी पोर्टाेबाट ५ वर्षका लागि ओल्ड ट्राफोर्डमा पुगेका थिए । उनले युनाइटेडका लागि यो अवधिमा १०७ खेल खेलेका छन् ।

पोर्चुगलबाट ११ क्याप जितिसकेका डालोटले सुरुमा युनाइटेडको पहिलो टोलीमा स्थान बनाउन संघर्ष गरिरहे । तर एरिक टेन ह्यागको नेतृत्वमा यस सिजनमा सबै प्रतियोगितामा डालोटले ४२ खेल खेलिसकेका छन् ।

‘म्यानचेस्टर युनाइटेडका लागि खेल्नु भनेको फुटबलमा प्राप्त गर्न सक्ने सर्वोच्च सम्मान हो ।’ सम्झौता नविकरणपछि डालोटले भने, ‘हामीले विगत पाँच वर्षमा केही उत्कृष्ट क्षणहरू बिताएका छौं । यो अविश्वसनीय क्लबमा खेल्न गर्व लाग्छ ।’

डालोटले फेब्रुअरीमा न्युक्यासल युनाइटेडमाथि लिग कपको फाइनलमा २–० को जित निकालेको खेलमा पहिलो रोजाईमा अवसर पाएका थियो । जुन युनाइटेडको सन् २०१७ पछिको पहिलो उपाधि थियो ।

त्यसपछि ब्राइटनविरुद्धको एफए कपको सेमिफाइनलमा पेनाल्टीमा जित निकाल्दा उनले पुरै समय मैदानमा बिताएका थिए ।युनाइटेडले शनिबार वेम्बलीमा एफए कपको फाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.