2 years ago
June 1, 2023
एजेन्सी – स्पेनिस क्लब सेभिया कीर्तिमानी सातौंपटक यो सिजनको युरोपा लिग च्याम्पियन बनेको छ । इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेभिया च्याम्पियन बन्न सफल भएको हो ।
पुस्कास एरिना बुढापेस्ट हंगेरीमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा पनि थप गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा पुग्दा सेभियाले बाजी मार्न सफल भयो ।
टाइब्रेकरमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे । रोमाका ब्रायन क्रिस्टान्टेले मात्रै गोल गर्न सफल भए । जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न सकेनन् ।
त्यसअघि निर्धारित समयको ३५औं मिनेटमा पाउलो डिबालाको गोलबाट रोमाले अग्रता लिन सफल भएको थियो । उनले जियानलुका मान्सिनीको पासमा गोल गर्न सफल भएका थिए ।
५५औं मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो । ७५औं मिनेटमा सेभियाले पेनाल्टी पाएपनि भिएआरले पेनाल्टीलाई खारेज गरिदियो ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो । अतिरिक्त समयमा पनि नतिजा निस्कन नसक्दा खेल टाइब्रेकरमा पुग्दा सेभियाले बाजी मार्न सफल भयो ।
सेभिया सातौं पटक च्याम्पियन बनेको हो । युरोपमा सेभिया नै सर्वाधिक सफल क्लब बनेको छ । सेभिया सातपटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ ।
यसअघि सेभिया २००६, ०७, २०१४, १५, १६ र २०२० मा च्याम्पियन बनेको थियो । सेभियापछि सर्वाधिक तीनपल्ट इन्टर मिलान, लिभरपुल, युभेन्ट्स र एट्लेटिको मड्रिडले उपाधि जितेका छन् ।
रोमा दुईपटक फाइनल पुगेपनि उपाधि भने जित्न सकेन । यसअघि रोमाले सन् १९९१ मा फाइनल खेलेको थियो । त्यसमा इन्टर मिलान च्याम्पियन बनेको थियो ।
February 2, 2025
पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]
February 2, 2025
एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]
February 2, 2025
एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]