default_image

2 years ago

May 31, 2023

थ्री स्टार र संकटाको बराबरी

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लब र संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

निराशजनक र फितलो बनेको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले पोस्टमा कुनै पनि गतिलो आक्रमण बुन्न सकेन ।

च्यासल रंगशालामा खेलको ४३औं मिनेटमा थ्री स्टारका दीपेश गुरुङको प्रहार बाहिरियो । पहिलो हाफकै इन्ज्युरी समयमा थ्री स्टारले दुई अवसर खेर फल्यो ।

आदित्य शाक्यले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई संकटाका गोलरक्षक टिकेन्द्र सिंह थापाले बचाए । लगत्तै दिपेश गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन ।

इन्ज्युरी समयमा अजायी मार्टिन्सको क्रसमा सिफामन्डलाले हेडरमार्फत जाली चुमाएपनि उनी अफसाइड रहँदा गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यस बराबरीसँगै थ्री स्टारले चार खेलपछि अंक जोडेको छ । आर्मीसाग १–१ गोलको बराबरीको नतिजापछि थ्री स्टारले लगातार चार खेलमा हार बेहोरेको थियो ।

यस्तै थ्री स्टार पछिल्लो १२ खेलसम्म जितविहीन बनेको छ । ११औं चरणमा संकटालाई नै ३–० ले पराजित गरेयता थ्री स्टारले जित निकाल्न सकेको छैन । त्यसयताको १२ खेलमा थ्री स्टारले समान ६ बराबरी र ६ हारको नतिजा निकालेको छ ।

बराबरीसँगै रेलिगेसनबाट जोगिन संघर्षरत दुवै टोलीको समान २३ खेलबाट समान २७ अंक पुगेको छ । थ्री स्टार ११औं तथा संकटा १२औं स्थानमा छ । थ्री स्टार र संकटा रेलिगेसन क्षेत्रमा रहेका फ्रेन्ड्स र एफसी खुमलटारभन्दा मात्रै ३ अंकले अघि छ ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.