default_image

2 years ago

May 31, 2023

ओलावालेको ह्याट्रिकमा मछिन्द्रको जित

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो आफिजको ह्याट्रिक मद्दतमा साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहज जित दर्ता गरेको छ ।

मछिन्द्रले सातदोबाटो युथ क्लबमाथि ३–१ को सहज जित निकाल्दै उपाधि सम्भावनालाई जीवितै राखेको हो । सातदाेबाटाेका जाेर्डन पुन मगरले एक गाेल फर्काए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलको १७औं मिनेटमा आफिजले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए ।

दिवाकर चौधरीले विंगबाट दिएको लामो पासमा ६ यार्ड बक्सभित्र अनमार्क रहेपछि आफिजले हेडरमार्फत सहजै अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेट अभिषेक बराल झुक्किन पुग्दा आफिजको ६ यार्ड बक्सभित्रबाट फितलो प्रहार गोल भएको थियो ।

५६औं मिनेटमा आफिजले गोल गर्दै ह्याट्रिक पूरा गरे । युता सुजुकीको पासमा डिफेन्स लाइन बिट हुँदा आफिजले वान भर्सेस वानको स्थितिमा सहजै गोल गरे ।

८४औं जाेर्डन पुन मगरले गाेल खेललाई ३–१ काे स्थितिमा ल्याए । मिडफिल्डबाट सुशिल लामाले दिएकाे पासलाई उनले सहजै गाेल गर्न सफल भए ।

जारी लिगमा ओलावालेको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले पहिलो राउन्डमा एफसी खुमलटारमाथि ७–३ को जित निकालेको खेलमा ह्याट्रिकसहित ५ गोल गरेका थिए ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको मछिन्द्रले शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडसँगको अंक दुरी २ मा छोट्याएको छ । मछिन्द्रको २३ खेलबाट ३९ अंक पुगेको छ । समान खेलबाटै चर्च ब्वाइजको ४१ अंक छ । पराजित सातदोबाटोको २३ खेलबाट २९ अंक जोडेर सातौं स्थानमा छ ।

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

Success

Thank you for your time.