default_image

2 years ago

May 30, 2023

अनन्त चम्कँदा चर्च ब्वाइजको सानदार जित

254 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अनन्त तामाङ चम्कँदा शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित दर्ता गर्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

चर्च ब्वाइजले विभागीय नेपाल एपिएफ फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत पारेको हो । चर्च ब्वाइजको जितमा कप्तान अनन्त तामाङले दुई तथा मौसम सुब्बा र आशिष चौधरीले समान एक गोल गरे । एपिएफका आवास लामिछानेले एक गोल फर्काए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाइजले खेलको सुरुवातदेखि नै एपिएफमाथि दवाव बढाउँदा तेस्रो मिनेटमा नै अग्रता लिन सफल भएको थियो ।

तेस्रो मिनेटमा मौसम सुब्बाले गोल गर्दै चर्च ब्वाएजलाई १–० को अग्रता दिलाए । आशिष चौधरीको क्रस क्लियर हुन नसकेपछि डिफेन्डर एडमा डोम्विया र गोलरक्षक राजु नगरकोटीबीच तालमेल नमिल्दा रन्जित सिंह पान्द्रेले लड्दै दिएको पासमा मौसमले वान टचमा ट्यापिङ फिनिस गरे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे । मनोज राईको लामो थ्रुबललाई फ्रान्कलिन कोटे टालाले हेडर गरेपछि अनन्त समक्ष पुग्दा उनले नियन्त्रणमा लिदै सहजै गोल गर्न सफल भए ।

५५औं मिनेटमा कप्तान अनन्त तामाङले व्यक्तिगत र टोलीका लागि तेस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३–० को आरामदायी अग्रता दिलाए । तेस्रो गोलको मुभ उस्तै दोस्रो गोलको जस्तै रह्यो ।

मनोज राईकै लामो थ्रुबलमा फ्रान्कलिन कोटेटालाको हेडरलाई कसैको निगरानीमा नरहेका अनन्तले हेडरमार्फत खाली पोस्टमा गोल गर्न सफल भए । मनोजको थ्रुबललाई क्लियर गर्न गोलरक्षक राज अघि बढ्दा अनन्तले खाली पोस्टमा सहजै जाली चुमाए ।

८३औं मिनेटमा आवास लामिछानेले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । पेनाल्टी बक्समा अर्मान्ड विडोमले तीन डिफेन्डरलाई छलाउँदै दिएको पासमा अनमार्क रहेका आवासले दोस्रो बार च्याप्दै गरेको प्रहारले जाली चुम्दा चर्च ब्वाइजका गोलरक्षक प्रिसोले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

८९औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई ४–१ को सानदार जित दिलाए । मिलन राईको पासलाई नियन्त्रणमा लिदै आशिषले पेनाल्टी बक्सबाहिरबाट सुन्दर गोल गर्न सफल भए । उनको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

यस जितसँगै चर्च ब्वाइजले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । चर्च ब्वाइजको २३ खेलबाट ४१ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको जावलाखेल युथ क्लबको ३७ अंक छ । एक खेल कम खेलेको मछिन्द्र फुटबल क्लबको ३६ अंक छ । पराजित एपिएफ २३ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.