8 years ago
January 7, 2017
धनगढी (हाम्रो खेलकुद) – भारतको दिल्ली युनाईटेड धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ।
शनिवार धनगढी रंगशालामा भएको खेलमा काठामण्डौको व्वाईज युनियनलाईलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै अन्तिम आठमा पुगेको हो । निर्धारित समयसम्म दुवै टीमले १–१ को वरावरी खेलेपछि पेनाल्टी सुटआउटवा निर्णय लिईएको हो ।
पहिलो हाफमा दुवै टोलीले गोल रहित वरावरी खेलेका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा दिल्ली युनाईटेडका लागि केथोपीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । त्यो अग्रता ९ मिनेटभन्दा वढी टिक्न सकेन । ६७ औं मिनेटमा व्याईज युनियनका लागि अभिसेक रिजालले गोल गर्दै खेल वरावरी गरे । त्यसपछि कुनै पनि टीमले गाल गर्न नसक्दा पेनाल्टीमा दिल्ली युनाईटेड विजयी भएको हो ।
पेनाल्टीमा दिल्लीका लागि जर्सी डनलिप्चा, सन्दीप, रिसव र सिमेटले गोल गरे । व्वाईज युनियनका लागि रुपेश केसी र राजु मगरले गोल गरे । युनियनका विशेष खड्गी र मोसाको प्रहार वाहिर गएपछि युनियन गोल्डकपवाट वाहिरिएको हो ।
जितपछि प्रतिक्रिया दिदै दिल्ली युनाईटेडका कप्तान विसन मेहराले तीन जना फरवार्ड घाईते भएका कारण रक्षात्मक खेल खेल्दा पनि पेनाल्टीमा पुगेर जित हासिल गर्न सफल भएको वताउनुभयो । व्वाईज युनियनका प्रशिक्षक सुगम तन्डुकारले राम्रो खेल्दा पनि टाईव्रेकरमा ५०÷५० को स्थितिमा पुगेर हार्न पुगेको जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत आईतवार आयोजक सुप ११ र भारतको पञ्जाव फुटवल टीम वीच प्रतिस्पर्धा हुने सुदुरपश्चिम ११ फुटवल क्लवका महासचिव प्रकाश शाहीले जानकारी दिनुभयो ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]