default_image

1 year ago

May 30, 2023

एन्फाको निर्णयमा उपाध्यक्षसहित ४ जनाको ‘नोट अफ डिसेन्ट’

248 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ कार्यसमिति चयन भएको एक वर्ष अर्को महिना पुग्दैछ । यसबीचमा एन्फाका अधिकांश निर्णाय र निर्णय प्रक्रिया विवादमा परेका छन् ।

एन्फा नेतृत्वले कुनै पनि विवादको अन्त्यका लागि ठोस पहल गरेको पनि देखिन्न ।पछिल्लो पटक कार्यसमितिको आपकालित बैठक सकिएको झण्डै तीन साता पछि एक उपाध्यक्ष र तीन कार्यसमितिले अलग अलग नोट अफ डिसेन्ट बुझाएका छन् ।

वैशाख २५ गते बसेको आपकालिन बैठकले विभिन्न निर्णयसहित सन् २०२३ का लागि ६७ करोड ८ लाख १५ हजार रुपैयाँ बजेट परिमार्जनसहित पारित गरेको थियो । उपाध्यक्ष विराटजंग शाही, सदस्यत्रय भोजराज शाही, रुपेश अभिकारी र रविन्द्र चन्द ठकुरीले अध्यक्ष पंकज नेम्बाङ र महासचिव किरण राईलाई सोमबार नोट अफ डिसेन्ट इमेलमार्फत पठाएका छन् ।

फिफाबाट प्राप्त हुने फिफा फरवार्ड २.० को प्रोजेकट फन्डिङको बजेट अपरेसन शीर्षकमा रहेको बजेट रकमान्तरण गर्न अनुरोध गर्ने निर्णय आकस्मिक बैठकले गरेको थियो । सोही बैठकले फिफा फरवार्ड ३.० प्रोजेक्ट फन्डिङको सिएओ पारित गरि रणनीतिक योजनालाई पुनरावलोकन गर्ने निर्ण पनि गरेको थियो ।

‘बैठकको लिखित निर्णय बैठक सकेको १५ दिनपछि मात्र हामीले प्राप्त गर्यौं । त्यसको ७ दिन भित्र हामीले आफ्नो नोट अफ डिसेन्ट इमेलमार्फत पठाएका हौं, एन्फा सदस्य अधिकारीले भने,‘ बैठकमा पनि वर्षभरीको बजेट विना अध्ययन र छलफल पारित गर्न हुँदैन भन्ने हाम्रो भनाई थियो । त्यसमा २४ घन्टा भित्र प्रास्तावित बजेट पठाउने त्यसमा अध्ययन र छलफल गरेर अघि मात्र निर्णय गर्ने सहमति भएको थियो । तर त्यसको केहि गरिएन एकै पठक दुई सातामा निर्णय भनेर पठाईयो । यसरी हचुवामा गरिएको काममा सहमत हुन सकिन्न त्यस्तैले नोटअफ डिसेन्ट पठाएका हौं ।’

आकस्मिक बैठक सुरु हुनु अघि मात्र आफूहरुले एजेन्डा पाएको अधिकारीले बताए । ‘वर्षभरी हामी कसरी खर्च गछौं । कुन कुन शीर्षकमा फिफा र एफसीबाट बजेट प्राप्त भएको छ । सबैको अध्ययन एउटा आपकालिन बैठकमा गर्न सकिन्न,’ अधिकारीले भने,‘ अनि अर्को तिर एन्फाको विकास बजेटलाई आन्तरिक प्रतियोगितामा खर्च गर्न मिल्दन भन्ने हाम्रो भनाई हो । आन्तरिक प्रतियोगिताका लागि आन्तरिक श्रोत नै परिचालन गर्नुपर्छ भन्ने हो । तर यहाँ अलग अलग शीर्षकमा आएका बजेटलाई नै रकमान्तरण गर्ने प्रयास भइरहेको छ । यो हामीलाई मान्य छैन । ’

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.