2 years ago
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लन सफल भएको छ ।
पुलिसले फ्रेन्ड्सलाई २–१ ले पराजित गर्दै चौथो स्थानमा उक्लन सफल भएको हो । २८ अंक जोडेर नवौं स्थानमा रहेको पुलिसले फ्रेन्ड्समाथिको जितसँगै पाँच स्थान सुधार गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पुलिसको जितमा दुवै गोल अन्जन राईले गोल गरे । फ्रेन्ड्सका बिकास थापाले एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा नै अन्जन राईको गोलबाट पुलिसले सुरुवाती अग्रता लिन सफल भयो । सौजन याख्खा राईको फ्रिकिकमा अन्जन राईले हेडरमार्फत गोल गर्न सफल भए ।
२०औं मिनेटमा विकास थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमित तामाङको क्रसमा सन्तोष हेमरुनले नभेटेको बललाई विकासले वान टचमा गोल गर्न सफल भएका थिए ।
३५औं मिनेटमा अन्जनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाए । यसपटक अन्जनले सौजनकै कर्नरमा हेडरमार्फत गोल गर्न सफल भए ।
अन्जनको हेडर फ्रेन्ड्सका गोलरक्षक विशाल सुनारले बचाउने प्रयास गरेपनि हातबाटै फुस्किदा जाली चुमेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस विजयी हुन सफल भयो ।
यस जितसँगै चौथो स्थानमा उक्लिएको पुलिसको २२ खेलबाट ३१ अंक पुगेको छ । पराजित फ्रेन्ड्सको २२ खेलबाट २४ अंकसहित १३औं स्थानमा छ । समान २४ अंक नै रहेपनि एफसी खुमलटार पुछारमा छ ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]