default_image

1 year ago

May 29, 2023

च्याम्पियन सिटी पराजित, आर्सनलको सानदार जित

178 views

0 Bookmark

एजेन्सी – यो सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा हार बेहोर्दा आर्सनलले सानदार जित दर्ता गरेको छ ।

म्यानचेस्टर सिटी घरेलु टोली ब्रेन्टफर्डसँग १–० ले पराजित भएको हो । ब्रेन्टफर्डको जितको दोस्रो हाफमा इथान पिननकले गरेको गोल नै निर्णायक बन्यो ।

ब्रेन्टफर्डमा आइतबार राति भएको खेलमा सिटीले घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।
बराबरीतर्फ धकेलिएको खेलको ८५औं मिनेटमा इथान पिननकले गोल गर्दै ब्रेन्टफर्डलाई १–० को अग्रता दिलाए ।

उनले ब्रायन एमबोउमोको पासमा गोल गर्न सफल भएका थिए । त्यही गोल नै ब्रेन्टफर्डको जितमा निर्णायक बन्यो । यससँगै ब्रेन्टफर्डले एक सिजनमा सिटीलाई दुईपटक पराजित गरेको छ ।

पहिलो राउन्डमा ब्रेन्टफर्डले २–१ को जित निकालेको थियो । यस जितसँगै ब्रेन्टफर्डले ३८ खेलबाट ५९ अंक जोडेर नवौं स्थानमा लिगको अन्त्य गरेको छ । पराजित च्याम्पियन सिटीले ३८ खेलबाट ८९ अंक बटुल्यो ।

लिगकै अर्काे खेलमा आर्सनलले वल्भ्समाथि ५–० को सानदार जित निकालेको छ । आर्सनलको फराकिलो जितमा ग्रानिट झाँकाले दुई तथा बुकायो साका, गाब्रियल जेसस र ज्याकुव किविअरले समान एक गोल गरे ।

यस जितले आर्सनलले ३८ खेलबाट ८४ अंक जोडेर दोस्रो स्थानमा लिगको अन्त्य गरेको छ । पराजित वल्भ्स ४२ अंक जोडेर १३औं स्थानमा रह्यो ।

अन्य नतिजा
एस्टन भिल्ला
विरुद्ध ब्राइटन (–१)
चेल्सीविरुद्ध न्यूक्यासल (१–१)
क्रिस्टल प्यालेसविरुद्ध नटिङहम (१–१)
एभर्टनविरुद्ध बर्नमाउथ (–०)
लिड्सविरुद्ध टोटेनहम (१–)
लेस्टरविरुद्ध वेस्ट ह्याम (–१)
म्यानचेस्टर युनाइटेडविरुद्ध फुलहम (–१)
साउथह्याम्टनविरुद्ध लिभरपुल (४–४)

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.