8 years ago
January 7, 2017
हेटौंडा, २२ पुस÷ साविकको विजेता मनाङ मस्र्याङदीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ च्याम्पियन भएको छ ।
गतवर्ष फाइनलमा व्यहोरेको हारको बदला लिँदै उपाधीमा आफ्नो नाम लेखाउने क्रममा आर्मीले मनाङलाई २–० गोलअन्तरले पराजित गरेको थियो । आर्मीको जितमा भरत खवासले खेलको १८ औं मिनेटमा गोल गरेका थिए । दीपक गुरुङले थ्रो गरेको बलमा डिबक्सभित्र अनमार्क रहेका खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
१९ औं मिनेटमा मनाङका मुख्य फरवार्ड हफिज ओलावालेले रेड कार्ड खाएसँगै मनाङ दश खेलाडीमा सीमित भएका थियो । ओलावालेले आर्मीका सन्तोष तामाङलाई फाउल गरेबापत् रेफ्रि सुदिश पाण्डेले पहेँलो कार्ड देखाएका थिए । पहेँलो कार्ड देखाएसँगै ओलावालेले रेफ्रि पाण्डेलाई अपशब्द प्रयोग गरेसँगै उनलाई रेडकार्ड देखाइएको थियो ।
दशखेलाडीमा सीमित आर्मीले खेललाई आफ्नो नियन्त्रणमा राखेपनि दोस्रो गोल गर्नका लागि ८४ औं मिनेट कर्नुपरेको थियो । आर्मीका भरत खवासलाई मनाङका डिफेन्डर सिसकोले फाउल गरेबापत् प्राप्त फ्रिक्किमा आर्मीका सन्तोष तामाङले गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । उनको फ्रिक्किमा मनाङको गोलरक्षक दिनेश थापामगरले बचावट गर्ने कुनै मौका पाएनन् ।
दश खेलाडीमा सीमित भएपनि मनाङका सुजल श्रेष्ठ, अनिल गुरुङ र विमल रानाले केही राम्रो मौकाहरु प्राप्त गरेपनि गोलमा भने परिणत गर्न सकेनन् । खेलमा आर्मीका गोलरक्षक विकेश कुथुले मनाङको केही राम्रो प्रहारहरुलाई निस्तेज पारेका थिए ।
उपाधीसँगै विजेता आर्मीले नगद पाँचलाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । उपविजेता मनाङले नगद तीनलाख रुपियाँ शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भए । उनीहरुलाई पूर्वउपप्रधान मन्त्री तथा राप्रपा केन्द्रीय अध्यक्ष कमल थापाले पुरस्कार वितरण गरेका थिए ।
आर्मीका सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै नगद ५० हजार रुपियाँ प्राप्त गरे । उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, डिफेन्डर मनाङका विराज महर्जन, मिडफिल्डर आर्मीका सन्तोष तामाङ, फरवार्ड आर्मीका भरत खवास र प्रशिक्षक आर्मीका नविन न्यौपाने घोषित भए । उनीहरुले जनही नगद १५ हजार रुपियाँ प्राप्त गरेका थिए ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा पुस १४ गतेबाट हेटौंडा–१० स्थित फरेष्ट्री मैदानमा सञ्चालन भएको प्रतियोगितामा दुई विदेशीसहित दश क्लबहरुको सहभागिता रहेको थियो ।
समापन समारोहमा पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा योगदान पु¥याइएको भन्दै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य प्रताप बिष्टलाई नगद १५ हजार रुपियाँसहितको सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
आयोजक प्रतिष्ठान अध्यक्ष भेष खड्कीको सभाध्यक्षतामा भएको समापन समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष नरेन्द्र श्रेष्ठ तथा प्रतिष्ठान द्वितीय उपाध्यक्ष विशाल घोषलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]