default_image

8 years ago

January 7, 2017

एपीएफलाइ हराउदै झापा एघारलाई उपाधि

117 views

0 Bookmark

काँक्करभित्ता (हाम्रो खेलकुद) – शशस्त्र प्रहरी बललाई ३-० गोलअन्तरले हराउदै झापा एघार फुटबल क्लबले दोश्रो काँक्करभित्ता गोल्ड कपको उपाधि जित्न सफल भएको छ।

winner-jhapa

आज खेलिएको फाइनल खेलमा झापाले तोप बहादुर बिष्टको आत्माघाती गोलको मद्दतले खेलमा अग्रता लिएको थियो। प्रतियोगिताको उच्च गोलकर्ताको उपाधि पाएका कर्ण लिम्बुले थप दुइ गोल गरेपछि झापाले उपाधि पक्का गरेको थियो। झापाका विशाल राइ फाइनल खेलका म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी झापाका कप्तान योगेश गुरुङ भए भने उदयीमान खेलाडी आयोजक टोलीका नबिन सुबेदीलाइ दिइयो।

 

April 11, 2025

एनआरटीको अध्यक्षमा जोशी र भट्टराईको उम्मेदवारी

काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]

April 11, 2025

मच्छिन्द्र र हिमालयन शेर्पा फाइनल खेल्दै

सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन्‌ । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]

April 11, 2025

युरोपा लिगमा युनाइटेड रोकियो

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]

Success

Thank you for your time.