2 years ago
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजिन लिगमा सहज जित हात पार्दा थ्री स्टार क्लबले हार बेहोरेको छ ।
पुलिसले रेलिगेसन जोनमा रहेको एफसी खुमलटारमाथि २–० को सहज जित हात पारेको हो । पुलिसको जितमा भरत साह र मोहम्मद आसिकले गोल गरे । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ७५औं मिनेटमा भरत साहको गोलबाट पुलिसले १–० को अग्रता लिन सफल भयो । त्यसपछि ८७औं मिनेटमा मोहम्मद आसिकले गोल गर्दै पुलिसको जित पक्का गरे ।
यस जितसँगै पुलिस २१ खेलबाट २८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित खुमलटार २१ खेलबाट २१ अंक जोडेर पुछारमा छ ।
अर्काे खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा थ्री स्टार क्लब हिमालयन शेर्पा क्लबसाग १–० ले पराजित भएको छ । शेर्पाको जितमा इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा निशान लिम्बुले गोल गरे ।
यस जितसँगै शेर्पा २१ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित थ्री स्टार २६ अंक जोडेर १०औं स्थानमा झरेको छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]