default_image

2 years ago

May 25, 2023

सातदोबाटोमाथि फ्रेन्ड्सको सानदार जित

200 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान प्रकाश बुढाथोकीसँगै घानाका मिडफिल्डर टोरिक जेब्रिन चम्कँदा रेलिगेसन जोनमा रहेको फ्रेन्ड्स क्लब कुपन्डोलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबमाथि सानदार जित दर्ता गरेको छ ।

सातदोबाटोमाथि ४–० को सानदार जित दर्ता गर्दै फ्रेन्ड्सले रेलिगेसन क्षेत्र छाडेको छ । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई तथा रफिक अमिनु र कप्तान प्रकाश बुढाथोकीले समान एक गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार गोलको वर्षा भएको खेलको पहिलो मिनेटमा नै रफिक अमिनुको गोलबाट फ्रेन्ड्सको अग्रता लिन सफल भएको थियो ।

५५औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे । त्यसपछिको दुवै गोल टोरिकको नाममा रह्यो । ८७औं मिनेटमा टोरिकले गोल गर्दै फ्रेन्ड्सलाई जिततर्फ अघि बढाए ।

कप्तान प्रकाशको डि बक्स बाहिरको फ्रिकिक क्रसबारमा लागेर फर्कदा नजिकै रहेका रफिकको हेडरलाई गोलरक्षक टोप बहादुर रानाले बचाएपनि क्लियर नहुँदा र सँगै रहेका नरेन्द्र चौधरीले पनि बचाउन नसकेपछि टोरिकले गोल गर्न सफल भएका थिए ।

९०औं मिनेटमा टोरिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै फ्रेन्ड्सलाई सानदार जित दिलाए । प्रकाश बुढाथोकीको क्रस पासलाई अनमार्क रहेका टोरिकले पेनाल्टी बक्सबाट कुनै गल्ती गरेनन् ।

यस जितसँगै फ्रेन्ड्सले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । फ्रेन्ड्स पहिलो राउन्डमा १–० ले पराजित भएको थियो । यस जितसँगै रेलिगेसन जोन छाडेर १२औं स्थानमा उक्लिएको फ्रेन्ड्सको २१ खेलबाट २४ अंक पुगेको छ ।

फ्रेन्ड्सले संकटालाई १ तथा एक खेल कम खेलेको एफसी खुमलटारलाई २ अंकले पछि पारेको छ । पराजित सातदोबाटो २९ अंक जोडेर पाँचौं स्थानमा छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.