default_image

2 years ago

May 24, 2023

एनआरटीसँग आर्मी स्तब्ध

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) सँग स्तब्ध बनेको छ ।

आर्मी एनआरटीसँग १–० ले स्तब्ध बनेको हो । आर्मीलाई स्तब्ध पार्न एनआरटीका कृतिश रत्न छुन्जुले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा कृतिशले ८०औं मिनेटमा गोल गर्न सफल भएका थिए ।त्यसअघि १५औं मिनेटमा नवयुग श्रेष्ठको हेडर पासलाई जगजित श्रेष्ठले गरेको प्रहारलाई एनआरटीका गोलरक्षक सन्तोष महतले उत्कृष्ट बचाउ गर्दा आर्मी अग्रता लिनबाट चुक्यो ।

३४औं मिनेटमा एनआरटीका लालनुन्जामाले सुवर्ण अवसर खेर फाले । पहिलो हाफको इन्ज्युरी समयमा नवयुग श्रेष्ठको प्रहार क्रसबाट थोरै बाहिरियो । ७९औं मिनेटमा कृतिशले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाए ।

मैदानको मध्यभागबाट आफैले सन्जिव विष्टसँग बनाएको वान टु वान मुभमा अफसाइड बिट ट्याप गर्दै गोलरक्षक अघि बढेको अवस्थामा कृतिशले चिपमार्फत गोल गर्न सफल भएका थिए ।

यस जितसँगै एनआरटी २१ खेलबाट २६ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । समान २६ अंक नै भएपनि हिमालष्न शेर्पा, एपिएफ र थ्री स्टार हेड टु हेडमा पछि छ । पराजित आर्मी २१ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.