2 years ago
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर आवास लामिछानेको दुई गोल सहयोगमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबलाई पराजित गरेको छ ।
एपिएफले संकटामाथि २–१ को जित दर्ता गरेको हो । संकटाका मनिष डाँगीले एक गोल फर्काए । च्यासल मैदानमा बुधबार भएको खेलको २४औं मिनेटमा आवास लामिछानेले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए । युवराज खड्काको क्रस क्लियर हुन नसक्दा आवासले वान टचमै फिनिस गरे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आवासले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै एपिएपको अग्रता दोब्बर पारे । विपन श्रेष्ठले दिएको पासमा उनले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।
५०औं मिनेटमा मनिष डाँगीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ओनागुना जुनियर एनकेन्गेको क्रसमा अनमार्क रहेका मनिषले हेडरमार्फत गोल गर्न सफल भए । त्यसपछि थप गोल निस्कन नसक्दा एपिएफ विजयी हुन सफल भयो ।
यस जितसँगै एपिएफ २१ खेलबाट २६ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । समान २६ अंक नै रहेपनि एनआरटी र हिमालयन शेर्पा छैटौं र सातौं स्थानमा रहँदा एक खेल कम खेलेको थ्री स्टार नवौं स्थानमा झरेको छ । पराजित संकटा २१ खेलबाट २३ अंक जोडेर १२औं स्थानमा छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]