default_image

2 years ago

May 24, 2023

रोनाल्डोको गोलमा अल नासरको पूनरागमन जित

168 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ ।

अल नासरले घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर अल सवावमाथि ३–२ को पूनरागमन जित निकालेको हो । अल नासरको पूनरागमन जितमा एन्डरसन टालिस्का, अब्दुलरहमान घारिव र रोनाल्डोले गोल गरे । अल सवावका क्रिष्टिएन गुएन्काले दुवै गोल गरेपनि हार टरेन ।

अल अवाल पार्क किङ सावद युनिभर्सिटी रियादमा मंगलबार राति भएको खेलको २५औं मिनेटमा क्रिष्टिएन गुएन्काले पेनाल्टीले गोल गरेपछि अल नासर खेलमा पछि परेको थियो ।

४०औं मिनेटमा गुएन्काले सान्टी मिनाको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि अल नासर खेलमा २–० ले पछि परेको थियो । दुई गोलले पछि परेको अल नासरले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भयो ।

४४औं मिनेटमा एन्डरसन टालिस्काले अली अल हसनको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउँदै अल नासरलाई खेलमा फर्काउने संकेत दिए । ५१औं मिनेटमा अब्दुलरहमान घारिवले अली अल हसनकै पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

५९औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई अल नासरलाई ३–२ को अग्रता दिलाए । उनले लुइज गुस्ताभोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा अल नासर पूनरागमन जित निकाल्न सफल भयो ।

यस जितसँगै अल नासरको उपाधि जित्ने सम्भावना जीवितै बनेको छ । दोस्रो स्थानमा रहेको अल नासरको २८ खेलबाट ६३ अंक छ । समान खेलबाटै शीर्षस्थानमा रहेको अल इतिहादको ६६ अंक छ ।

साउदी प्रिमियर लिगमा अब दुई राउन्डको खेल बाँकी रहँदा अल इतिहादसँगै अल नासरको उपाधि जित्ने सम्भावना जीवित छ । अल इतिहादलाई उपाधि जित्न एक जितको खाँचो रहँदा अल नासरलाई आफ्नो खेलमा जित निकाल्नुका साथै अल इतिहादले अंक गुमाउनु पर्नेछ ।

April 27, 2025

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे

एजेन्सी – डिफेन्डर जुल्स कुन्डेले अतिरिक्त समयमा गरेको सानदार गोलको मदतमा बार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रेको उपाधि जितेको छ । सेभिलमा भएको खेलमा बार्सिलोनाले ३-२ को जित दर्ता गरेको हो । निर्धारित ९० मिनेटको खेल २-२ मा सकिएपछि थप ३० मिनेटको खेल हुँदा कुन्डेले दोस्रो हाफमा गोल गरे । उनले झन्डै २० यार्ड […]

April 27, 2025

इप्स्विच रेलिगेसनमा, न्युक्यासल तेस्रो स्थानमा

एजेन्सी – इप्स्विच टाउनको प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ। १० खेलाडीमा सिमित भएको न्युक्यासल युनाइटेडसँग शनिवार ३-० ले पराजित भएसँगै इप्स्विच यो बाट रेलिगेसनमा परेको हो। बेन जोनसनले पहिलो हाफमै दुई पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । न्युक्यासलले त्यसको फाइदा उठायो । अलेक्जेन्डर इसाकले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। त्यसपछि […]

April 26, 2025

पोखराका आयुष एनएसएलको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सका आयुष घलान नेपाल सुपर लिग ( एनएसएल) को सर्वोत्कृष्ट घोषित भएका छन्। उनले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । ललितपुर सिटी एफसीका सन्तोष खत्री इमर्जिङ खेलाडी चुनिए छन्। ललितपुरका मणि कुमार लामा इनरजेटिक खेलाडी चयन भएका छन् । दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे । पोखरा […]

Success

Thank you for your time.