default_image

2 years ago

May 23, 2023

पुलिस र खुमलटार विजयी

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब र रेलिगेसन जोनमा रहेको एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सफलता हात पारेको छ ।

पुलिसले पछिल्लो ९ खेलमा जित निकाल्न नसकेको थ्री स्टार क्लबलाई १–० ले पराजित गर्दै रेलिगेसन टार्ने सम्भावना बलियो बनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा पुलिसको जितमा पहिलो हाफमा अहमद हिजाजीले गरेको गोल नै निर्णायक बन्यो । उनले २८औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै पुलिस २० खेलबाट २५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित थ्री स्टार २० खेलबाट २६ अंक जोडेर छैटौं स्थानमा यथावत छ । संकटालाई ३–० ले पराजित गरेयता थ्री स्टारले ९ खेल खेल्दा जित निकाल्न सकेको छैन । जसमा चार हार र ५ बराबरीको नतिजा छ ।

लिगकै अर्काे खेलमा रेलिगेसन जोनको पुछारमा रहेको एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा खुमलटारको जितमा पहिलो हाफमा मेसुके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो । उनले ३७औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

यस जितपछि पनि पुछारमा रहेको खुमलटारले १३औं स्थानमा रहेको फ्रेन्ड्स क्लबसाग अंक बराबरी गरेको छ । खुमलटार २० खेलबाट २१ अंक जोडेर पुछारमा छ । खुमलटारसँग पराजित सातदोबाटो २० खेलबाट २९ अंक जोडेर चौथो स्थानमा यथावत छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.