default_image

1 year ago

May 23, 2023

न्यूक्यासल च्याम्पियन्स लिगमा छनोट

168 views

0 Bookmark

एजेन्सी – न्यूक्यासल युनाइटेड अर्काे सिजनको लागि युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति रेलिगेसन जोनमा रहेको लेस्टर सिटीसँग गोल रहित बराबरी खेल्दै न्यूक्यासलले शीर्ष चारमा रहेर च्याम्पियन्स पलग खेल्ने पक्का भएको हो ।

अब प्रिमियर लिगमा एक चरणको खेल बाँकी रहँदा न्यूक्यासल अन्तिम खेलमा पराजि तभएमा पनि पाँचौ स्थानमा रहेको लिभरपुलले भेट्ने छैन । न्यूक्यासल २० वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो ।

न्यूक्यासलले सन् २००२–०३ को सिजनमा युरोपको एलिट क्लब प्रतियोगिता खेलेको थियो । न्यूक्यासलले युरोपियन फुटबल खेल्ने लक्ष्यसहित गत सिजनदेखि नै मोटो रकम खर्च गर्दै टोली निर्माण गरेको थियो । त्यसले यसपटक सार्थकता पाएको छ ।

घरेलु टोली न्यूक्यासलसँग गोलरहित बराबरीमा रोकिएपछि लेस्टरलाई पनि रेलिगेसनको खतरा बढेको छ । लेस्टर ३७ खेलबाट ३१ अंक जोडेर १८औं स्थानमा छ । लेस्टर रेलिगेसनबाट बच्न अब आफ्नो अन्तिम खेलमा जित निकाल्नुसँगै अर्काे खेलमा एभर्टनले हार बेहोर्नुपर्ने हुन्छ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.