2 years ago
May 22, 2023
एजेन्सी – १० खेलाडीमा समेटिएको घरेलु टोली अग्सवर्गलाई पराजित गर्दै बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ ।
अग्सवर्गलाई ३–० ले पराजित गर्दै डर्टमुन्ड बुन्डेसलिगाको उपाधिबाट एक जित टाढा छ । डर्टमुन्डले बायर्न म्युनिखलाई २ अंकले पछि पारेको छ । बायर्न आरबी लाइपजिगसँग ३–१ ले पराजित भएपछि आफ्नो शीर्षता गुमाउन पुगेको थियो ।
डब्लुडब्लुके एरिना अग्सवर्गमा घरेलु टोली खेलको ३८औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । फेलिक्स उदुओखाई सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा डर्टमुन्डले उठाउन सफल भयो ।
५८औं मिनेटमा सेबास्टियन हलरले गोल गर्दै डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाए । हलरले नै ८४औं मिनेटमा गोल गर्दै डर्टमुन्डलाई जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जुलियन ब्रान्डले गोल गर्दै डर्टमुन्डको जित पक्का गरे ।
डर्टमुन्ड २०११–१२ पछि पहिलो पटक बुन्डेसलिगा जित्ने बलियो स्थितिमा छ । अब डर्टमुन्डले अन्तिम खेलमा माइन्जसँग २७ मार्चमा खेल्नेछ । यस खेलमा जित जित निकालेमा डर्टमुन्ड च्याम्पियन बन्नेछ ।
अर्काे खेलमा बायर्न म्युनिखले कोल्नसँग अंक गुमाएको खण्डमा डर्टमुन्डलाई बराबरीको नतिजा पनि च्याम्पियन बन्न पर्याप्त हुनेछ ।
शीर्षस्थानमा उक्लिएको डर्टमुन्डको ३३ खेलबाट ७० अंक पुगेको छ । समान खेलबाटै बायर्नको ६८ अंक छ । अग्सवर्ग ३४ अंक जोडेर १४औं स्थानमा छ ।
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]
February 3, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका […]