default_image

1 year ago

May 22, 2023

च्याम्पियन सिटीले चेल्सीलाई हरायो

81 views

0 Bookmark

एजेन्सी – यो सिजनको लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ ।

सिटीले घरेलु मैदानमा चेल्सीलाई १–० ले पराजित गरेको हो । सिटीको जितमा पहिलो हाफमा जुलियन अल्भारेजले गरेको गोल नै निर्णायक बन्यो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले खेलको १२औं मिनेटमा कोल पाल्मरको पासमा गोल गर्न सफल भएका थिए । उनै अल्भारेजले ७१औं मिनेटमा गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

च्याम्पियन बनेपश्चात सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ । पेप ग्वार्डिओलाको टोलीले पछिल्ला ६ मध्ये पाँचमा उपाधि जितेको छ ।

सिटीलाई ट्रेबल उपाधि जित्ने मौका पनि छ । सिटी एफए कप र च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ । सन् १९९८–९९ मा मात्र म्यानचेस्टर युनाइटेडले यो उपलब्धि हासिल गरेको थियो ।

सिटीले जुन ३ मा वेम्वलीमा डर्वी प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडसँग एफए कपको उपाधिका लागि खेल्दैछ । त्यसको एक सातापछि सिटीले इस्तानबुलमा इन्टर मिलानको सामना गर्नेछ ।

हडर्सफिल्ड टाउन (१९२४–२६), आर्सनल (१९३३–३५), लिभरपुल (१९८२–८४) र सर एलेक्स फर्गुसनको नेतृत्वमा दुईपटक १९९९–२००१ र २००७–२००९ पछि सिटी लगातार तेस्रोपटक उपाधि जित्ने पाँचौ टोली बनेको छ ।

पेप गुआर्डिओलाले सन् २००९–११ मा बार्सिलोनासँग ला लिगा र सन् २०१४–१६ मा बायर्न म्युनिखसँग बुन्डेसलिगामा लगातार तीनवटा लिग उपाधि जित्न सफल भएको थियो । उनको यो तेस्रो ह्याट्रिक उपाधि हो । पछिल्लो सिजन सिटीले प्रिमियर लिगमा प्रभुत्व जमाएको छ । सिटीले ६ मध्ये ५ उपाधि जितेको छ ।

म्यानचेस्टर युनाइटेडले १९९६ र २००१ को बीचमा यो उपलब्धि हासिल गरेको थियो । यो अवधिमा युनाइटेडले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको ट्रेबल उपाधि जितेका थिए ।

युनाइटेडले सन् १९९३–२००१ को बीच ९ सिजनमा सात उपाधि पनि तथा सन् २००७–२०१३ को सात सिजनमा पाँचवटा उपाधि जितेको थियो । त्यसअघि, लिभरपुलले १९७० को दशकको उत्तरार्ध र ८० को दशकको प्रारम्भमा लिग सफलताको आनन्द उठाएको थियो ।

यस जितसँगै च्याम्पियन बनिसकेको सिटीको ३६ खेलबाट ८८ अंक पुगेको छ । पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.