2 years ago
May 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) माथि सहज जित हात पार्दै साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ ।
एनआरटीलाई २–० ले पराजित गर्दै मछिन्द्र लिगको दोस्रो स्थानमा उक्लन सफल भएको हो । मछिन्द्रको जितमा ओलावाले ओलाडिपो अफिज र सौरभ लिम्बुले गोल गरे ।
च्यासल मैदानमा आइतबार भएको खेलको १३औं मिनेटमा अफिजको गोलबाट मछिन्द्रले १–० को अग्रता लिन सफल भएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सौरभ लिम्बुले गोल गर्दै मछिन्द्रको जित पक्का गरे ।
यस जितसँगै दोस्रो स्थानमा उक्लिएको मछिन्द्रको २० खेलबाट ३४ अंक पुगेको छ । मछिन्द्र शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडभन्दा २ अंकले पछि छ ।
चर्च ब्वाइजले एक खेल कम खेलेको छ । पराजित एनआरटी २० खेलबाट २३ अंक जोडेर नवौं स्थानमा छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]