2 years ago
May 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोले थ्री स्टारमाथि २–० को सहज जित हात पारेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा सातदोबाटोको जितमा दुवै गोल विलियम ओपोकुले गरे । उनले पहिलो र दोस्रो हाफमा गोल गर्न सफल भएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा सातदोबाटोले पाएको अवसर सदुपयोग गर्दा थ्री स्टारले मौकालाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।
खेलको २४औं मिनेटमा ओपोकुले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । क्रसबाट आएको बललाई दीपकराज सिंह ठकुरीले प्रहार गर्न खोज्दा नभेटेको बललाई गोलरक्षक पूर्ण चेम्जोङ र डिफेन्डर योगेश गुरुङले क्लियर गर्न नसक्दा अनमार्क रहेका ओपोकुले गोल गर्न सफल भए ।
४७औं मिनेटमा ओपोकुले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर पारे । पिटर सेगुनले दीपक राज सिंह ठकुरीलाई फउल गरेपछि पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकमा ओपोकुले गोल गर्न सफल भए ।
त्यसपछि थप गोल निस्कन नसक्दा सातदोबाटो विजयी हुन सफल भयो । यस जितसँगै सातदोबाटोले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । सातदोबाटो पहिलो राउन्डमा १–० ले पराजित भएको थियो ।
यस जितसँगै सातदोबाटोले थ्री स्टारलाई नै पछि पार्दै लिगको चौथो स्थानमा उक्लन सफल भएको छ । सातदोबाटोको १९ खेलबाट २९ अंक पुगेको छ । पराजित थ्री स्टार २६ अंकसहित पाँचौ स्थानमा झरेको छ ।
चर्च ब्वाइज १९ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानको जावलाखेलको ३२ तथा तेस्रो स्थानको मछिन्द्रको ३१ अंक छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]