default_image

1 year ago

May 19, 2023

सावित्राको उच्च प्रदर्शनसँगै गोकुलम फाइनलमा

256 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाको उच्च प्रदर्शनबाट प्रेरित गोकुलम केरेला एफसी भारतीय महिला लिग (आईडब्ल्यूएल) को फाइनलमा प्रवेश गरेको छ ।

इस्टर्न स्पोर्टिङ युनियनलाई शुक्रबार ५–१ ले हराउँदै साविक विजेता समेत रहेको गोकुलम उपाधि नजिक पुगेको हो । गोकुलमले आइतबार हुने फाइनलमा नेपाली टोलीका अन्य दुई सदस्य सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

आजै भएको पहिलो सेमिफाइनलमा एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथुलाई हराउँदै किकस्टार्ट अन्तिम दुईमा पुगेको थियो ।सावित्राले २ गोल गरेको खेलमा सबै गोलमा उनको भूमिका रहेको थियो । १–० ले पछि परेको खेल उल्टाउँदै गोकुलम विजयी भएको थियो । कमला देवीले १६ औं मिनेटमा इस्टर्नका लागि गोल गरेकी थिइन् ।

सावित्राले पेनाल्टी जितेपछि ३१ औं मिनेटमा इन्दुमतीले बराबरी गोल गरेकी थिइन् । पेनाल्टी बक्समा सावित्रालाई विपक्षी खेलाडीले फाउल हालेपछि गोलकुलमले पेनाल्टी पाएको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा सावित्राले गोल गरेपछि गोकुलमले पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो ।

जारी लिगमा सावित्राको त्यो २८ औं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छिन् । ५५ औं मिनेटमा भिभियनले सावित्राको पासमा गोल गरिन् । ७० औं मिनेटमा सावित्राकै लामो क्रसमा इन्दुमतीले हेडमार्फत गोल गरेकी थिइन् । भिभियनको पासमा साविात्राले इन्ज्युरी समयको पाँचौं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीको लागि पाँचौं गोल गरेकी थिइन् ।

एन्जिलाविरुद्ध सरुको गोल

घरेलु फुटबलमा एउटै क्लबबाट खेल्दै आएकी सरु लिम्बुले भारतीय महिला लिगमा एन्जिला तुम्बापो सुब्बाविरुद्ध गोल गरेकी छिन् । सरु आबद्ध टोलीले किकस्टार्ट एफसी कर्नाटाकाले शुक्रबार एन्जिला सम्मिलित सेथुलाई २–० ले हराउँदै लिगको फाइनलमा प्रवेश गरेको थियो । एन्जिला र मिडफिल्डर सरु घरेलु फुटबलमा एपिएफ फुटबल क्लबबाट खेल्दै आएका छन् ।


पहिलो हाफको इन्जुरी समयमा सरुले झन्डै ३० यार्डबाट सानदार गोल गरेकी थिइन् । त्यसअघि ११ औं मिनेटमा किओको इलिजाबेथ काटुङ्वाले गोल गरेकी थिइन् । त्योसँगै सेथुको अपराजित यात्रा टुंगिएको थियो । समूह चरणमा ७ र क्वार्टरफाइनलमा गरि ८ खेलमा पूर्व विजेता समेत रहेको सेथु अपराजित रहेको थियो ।

सरु र राष्ट्रिय टोलीकी अर्की सदस्य रेनुका नरकोटे आई लिगमा पहिलो सहभागितामा नै फाइनल पुगेका छन् । शुक्रबार सरु पहिलो रोजाईमै खेलेकी थिइन् भने रुनुका ७२ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेकी थिइन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.